शिक्षकहरुको पार्टटाइम कृषि ‘क्रान्ति’, महिनाको डेढलाख आम्दानी

तारकेश्वर, १ भदौ । काठमाडौको तारकेश्वर नगरपालिका वडा न ४ लोलाङमा पाचँ जना शिक्षकहरुले तरकारी खेती गरेका छन। २०७६ सालदेखि पञ्चशिल एग्रो फार्म एण्ड रिसर्च सेण्टर मार्फत छतिस लाख लगानी गरि पन्ध्र रोपनी जग्गा लिजमा लिई तरकारी खेति सुरु गरेका हुन् ।
सो फार्मले बिउबिजन उत्पादन गडेउला मल उत्पादन र बजारिकरण बिउबिजन तथा कृषि उत्पादन अध्ययन अनुसन्धान तालिम सञ्चालन गर्ने उद्देश्य रहेको छ । हाल फार्ममा भेडेखुर्सानी, रायोको साग, गोलभेडा, बोडि, भटमास, केराउ, धनियाँ, फर्सी, काँक्रो, लगायतका तरकारी उत्पादन हुनेगर्छ ।
तरकारी किन्न उपभोक्त फार्ममा नै आउने गरेका छन। कृषिफार्मबाट उत्पादन भएको तरकारी बेचेर मासिक डेढ लाख आम्दानी हुने गरेको फार्म सञ्चालक मध्येका एक शिक्षक शिवमणि घिमिरेले तारकेश्वर अनलाईनलाई जानकारी दिए । शिक्षकहरुको कृषिउद्यम देखेर धेरैजना प्रभावित भएका छन् भने कतिका लागि उनीहरुको काम प्रेरणाको स्रोत पनि बनेको छ ।