मोक्षको आकांक्षा र प्राप्ति

एउटा व्यक्तिले बुद्धलाई आएर सोध्यो, “तपाईं सधैँ भन्नुहुन्छ, हरेक व्यक्ति मोक्ष पाउन सक्दछ तर हरेक व्यक्ति मोक्ष किन पाउँदैन तरु” बुद्धले भन्नुभयोस् “मेरो मित्र, एउटा काम गर । साँझ गाउँमा जानु र सबै मान्छेहरुसँग सोधेर आउनु, उनीहरु के पाउन चाहन्छन् । एउटा सूची तयार पार्नु । हरेकको नाम लेख्नु र ऊ के पाउन चाहन्छ, उसको आकांक्षा पनि लेख्नु ।”
त्यो व्यक्ति गाउँमा गयो । उसले गएर सोध्यो, एक–एक व्यक्तिलाई । थोरै नै मान्छेहरु थिए त्यस गाउँमा, सबैले उत्तर दिए । ऊ साँझ फक्र्यो । उसले आएर बुद्धलाई त्यो सूची दियो । बुद्धले भने, ‘यसमा कतिजना मोक्षको आकांक्षी छन् रु’ ऊ छक्क प¥यो । त्यसमा एकजना व्यक्तिले पनि आफ्नो आकांक्षामा मोक्ष लेखेको थिएनन् । बुद्धले भने, ‘हरेक मान्छेले पाउन सक्दछ, म भन्दछु । तर हरेक मान्छेले पाउन चाहन्छ, यो म भन्दिन ।’

पाउन सक्नु र पाउन चाहनु एकदमै अलग कुरा हो । यदि तपाईं साँच्चै पाउन चाहनुहुन्छ भने यो आश्वासन मान्नुहोस् कि जीवनमा कुनै ताकतमा तपाईंलाई रोक्न सक्ने सामथ्र्य छैन र तपाईं पाउन चाहनुहुन्न भने जमिनमा कुनै तागत तपाईंलाई दिन समर्थ छैन ।

अतः स्मरण राख्नुपर्ने सबैभन्दा पहिलो कुरा यो हो कि तपाईंभित्र वास्तविक प्यास छ रु यदि छ भने आश्वासन मान्नुहोस् कि बाटो अवश्य पाइन्छ । छैन भने कुनै बाटो छैन । तपाईंको प्यास नै तपाईंको मार्ग बन्नेछ ।

दोस्रो कुरा, प्रारम्भिकरुपमा म भन्न चाहन्छु त्यो के हो भने धेरै पटक हामी प्यासी पनि हुन्छौँ केही कुराको लागि तर हामी आशाले भरिएको हुँदैनौँ । हामी प्यासी हुन्छौँ तर निराश हुन्छौँ र जसको पहिलो कदम निराशामा उठ्छ, उसको अन्तिम कदम निराशामै समाप्त हुन्छ । यसलाई स्मरण राख्नुहोस् ।

यदि अन्तिम कदम सफलता र सार्थकतातिर लाने हो भने पहिलो कदम अत्यन्त आशामा उठ्नु पर्दछ । ती लाखौँ मान्छेहरुतिर नहेर्नुस्, जसको जीवन अन्धकारले भरिएको छ, जसलाई कुनै आशा, प्रकाशको किरण देखिँदैन । इतिहासमा ती थोरै मान्छेहरुलाई हेर्नुहोस् जसलाई सत्य उपलब्ध भयो । ती बीउहरुतिर नहेर्नुस्, जुन वृक्ष बन्न सकेनन् र सडेर गए, नष्ट भएर गए । ती थोरै बीउहरुलाई हेर्नुहोस् जसले विकासलाई उपलब्ध गरे र परमात्मासम्म पुगे । याद रहोस्, ती बीउहरुलाई जे सम्भव भयो, त्यो प्रत्येक बीउको सम्भावना हो । एउटा मनुष्यलाई जे सम्भव भयो, त्यो प्रत्येक मनुष्यको सम्भावना पनि हो ।

म तपाईंलाई भन्न चाहन्छु बीउको रुपमा तपाईंको शक्ति त्यति नै छ जति बुद्ध, महावीर, कृष्ण र क्राइष्टको । यस अर्थमा परमात्माको जगतमा कुनै अन्याय छैन कि कसैलाई कम र धेरै सम्भावना दिइएको होस् । सम्भावना सबैको बराबर छ तर वास्तविकता सबैको बराबर छैन । किनकि हामीमध्ये धेरै जना आफ्नो सम्भावनालाई वास्तविकतामा परिणत गर्न कहिल्यै कोशिस गर्दैनौँ ।

एउटा आधारभूत ख्याल राख्नुपर्ने कुरा, आशाले भरिएको हुनु हो । यो विश्वास राख्नुस् कि यदि कहिल्यै, कसैलाई शान्ति उपलब्ध भएको छ, आनन्द उपलब्ध भएका छ भने मलाई पनि उपलब्ध हुन सक्दछ । निराश भएर आफ्नो अपमान नगर्नुस् । निराशा स्वयंको सबैभन्दा ठूलो अपमान हो । यसको अर्थ यो हुन्छ कि म यस योग्य छैन कि मैले पनि पाउन सकूँ । म तपाईंलाई भनौँ यसमा योग्य तपाईं हुनुहुन्छ र निश्चित पाउन सक्नु हुन्छ । (ओशो ध्यान सुत्रबाट अनुदित अंश)