राष्ट्रिय युवासंघ नेपाल नुवाकाेट काठमाडौ सम्पर्क कमिटि गठन

तारकेश्वर  माघ १६,नुवाकाेटबाट काठमाडौंमा वसाेवास गर्ने नेकपा निकट युवाहरुकाे भेलाले राष्ट्रिय युवासंघ नेपाल काठमाडौं नुवाकाेट सम्पर्क कमिटि गठन गरेकाे छ।
आज गङ्गवु स्थित ग्लाेवल क्याफेमा आयाेजित भेलाले श्रीकृष्ण अधिकारि संयाेजक र रमेश तामाङ सहसंयाेजक रहेकाे २५ सदस्यीय सम्पर्क कमिटि सर्वसम्मत चयन गरेको हाे।
राष्ट्रिय युवासंघ नेपालका केन्द्रीय सदस्य राजन गाैतमकाे प्रमुखआतिथ्यतामा सम्पन्न प्रथमभेलामा राष्ट्रिय युवासंघ नेपालका केन्द्रीय सदस्यहरु राेशन थापा,संजिव राई,ललित श्रेष्ठ लगाएतकाे उपस्थित रहेकाे थियाे। साथै नुवाकाेट संयाेजक पशुपति थापा र सहसंयाेजक दिनेश वाेगटिकाे उपस्थित रहेकाे कार्यक्रममा नेकपा नुवाकाेटका सचिवालय सदस्य पुर्णलाल श्रेष्ठ लगाएतकाे उपस्थिति रहेकाे राष्ट्रिय युवासंघ नेपालका केन्द्रीय सदस्य राेशन थापाले तारकेेेश्वर  अनलाइनलाई जानकारी दिए। थापाका अनुसार नवनिर्वाचित कमिटिका संयाेजक तथा सह संयाेजकहरुले संसद विघटनकाे विरुद्धमा शशक्त प्रतिराेध गर्दै संसद पुनर्स्थापित नहुदा सम्म आन्दाेलनकाे माेर्चामा रहने बताउनु भयाे।

१६ माघ २०७७, शुक्रबार