किर्तिपुर नगर स्तरीय राष्ट्रिय महिला अधिकार मन्च गठन कार्यक्रम सम्पन्न
तारकेश्वर माघ १७ राष्ट्रिय महिला अधिकार मन्च किर्तिपुर नगरपालिकामा नगर स्रीतरिय महिला अधिकार मन्च गठन गरेको छ। उक्त कार्यक्रम मन्चकै सदस्य रमिला योञ्जनको संयोजकतामा केन्द्रीय अध्यक्ष रेणुका मल्ल तथा केन्द्रीय कोषाध्यक्ष सरिता घिमिरे र ललितपुर जिल्ला अध्यक्ष बिष्णु खनालको उपस्थितिमा गठन भएको संयोजक योन्जनले जानकारी दिए।
किर्तिपुर नगर स्तरीय महिला अधिकार मन्चको 9 सदस्य समिति चयन भएको छ। अध्यक्षमा- संगिता महर्जन उपाध्यक्षमा- बिजयी कासुली सचिब-अनिता महर्जन कोषाध्यक्ष -सविना नापी सदस्यताहरुमा रन्जिता गौतम, रिमा जस्वल, राज्यलक्ष्मी श्रेष्ठ प्रमिला महर्जन, प्रभा पौडेल
सल्लाकारमा, रमिला योन्जन, नन्ददेवि महर्जन, सनिता नकर्मी रहेका छन।