तारकेश्वर नगरपालिकाको वडा नं २ काभ्रेस्थलीमा जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण

तारकेश्वर माघ २१ । तारकेश्वर नगरपालिकाको वडा नं २ काभ्रेस्थलीमा ७० बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ।
तारकेश्वर नगरपालिका महिला बालबालिका तथा समाजकल्याण शाखाको आयोजनामा वडा नं २ को १ सय ८४ जना जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरिएको वडा नं २ का अध्यक्ष रविन्द्र के सीले जानकारी दिए ।
साथै तारकेश्वर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा जेष्ठ नागरिकहरुको लागि निशुल्क आँखा शिविर तथा प्रयोगशाला परीक्षण कार्यक्रम पनि आयोजना भएको थियो ।