प्रचण्ड–माधव समुहको आमहड्तालले नुवाकोटमा जनजीवन प्रभावित

तारकेश्वर माघ २२। प्रचण्ड–माधव समुहको नेकपाले देशव्यापी रूपमा गरेको आमहड्ताल र आन्दोलनले जनजीवन केही हदसम्म प्रभावित भएको छ।
बन्दका कारण नुवाकोटको सदरमुकाम विदुर लगायतका स्थानमा प्रचण्ड–माधव समुहको बन्दको आंशिक प्रभाव देखिएको छ । बन्दका कारण नुवाकोटका प्राय शैक्षिक संस्था बन्द भएका छन भने आर्थिक कारोबार पनि न्यून हुन पुगेको छ।
सार्वजनिक यातायात नचल्दा कामले बाहिर निस्कने अवस्था पनि नरहेको नुवाकोटका स्थानीयको भनाइ रहेको छ।
सदरमुकामस्थित सरकारी कार्यालय र बैंकहरु नखुल्दा नागरिकले सास्ती व्यहोर्नु परेको छ। प्रचण्ड माधव समुहको नेकपाको बन्दका कारण नुवाकोटमा र सो जिल्ला हुँदै रसुवा जाने मालवाहक गाडी र सार्वजनिक यातायात चलेका छैनन्।