आजको राशिफल

आजको पञ्चाङ्ग
२०७७ साल माघ ३० गते शुक्रबार
१९४२ शंक सम्वत, ११४१ ने.सं.
प्रमादी नाम संवत्सर उत्तरायण शिशिर ऋतु:
माघ शुक्लपक्ष प्रतिपदा रात्री १२:३५बजेसम्म(सोनम ल्होसार)
नक्षत्र धनिष्ठा दिउसो २:२१ बजे सम्म त्यसपछि शतभिषा
योग परिधी राति २:३० बजेसम्म
करण किंस्तुघ्न १२:४५ बजेसम्म
चन्द्रमा-कुम्भ राशि
तदनुसार फेब्रुअरी १२ २०२१

 

आजको राशिफल

मेष= परिस्थिति अनुसारको काम कारोबार हुनेछ।घरपरिवारले सहयोग गर्नाले मन हर्षित हुनेछ। मांगलिक कार्यमा सहभागी हुन सक्ने योग रहेकोछ।

बृष= मनमा आनन्द प्राप्ती हुनेछ ।अरुको भर र भरोसामा पर्दा महत्त्वपूर्ण कामको अवसर बाट बन्चित हुनु पर्नेछ। घर परिवारमा मनमुटाबको बाताबरण सृजना हुन सक्नेछ।

मिथुन =प्राप्त अवसरको महत्त्व नबुझ्नाले महत्त्वपूर्ण काममा ह्रास आउनेछ । बिश्वास गरेको ब्यक्तिबाटनै धोका मिल्नाले मन खिन्न हुनेछ ।प्रतिस्पर्धामा काम गर्नुपर्नेछ। बिवाद उत्पदन हुँदा मनमा तनाब बढ्नेछ ।

कर्कट =आत्मबल तथा आत्मबिश्वास बढ्नेछ।आशा र भरोसा को कुरा गरेर महत्त्वपूर्ण कारोबारमा धोका दिनेहरु सकृय रहनेछन् समयमै तेस्ता ब्यक्तिहरुलाई चिन्नुपर्ने देखिन्छ।स्वास्थ्यमा सुधार हुनेछ।

सिंह =आकर्षण शक्तिको वृद्धि हुनेछ। साथिभाइ संगको सहयोग र सहकार्यको आदानप्रदान हुनेछ। लामो यात्रा रमाइलोको साथमा हुने योग रहने देखिन्छ।

कन्या =सकारात्मक सोचाइ रहनेछ।काम कारोबारमा राम्रै लगनशीलता रहनेछ।उपलब्धि मुलक काममा सफलता मिल्नेछ। बुद्धिमानी भइनेछ।

तुला= रमाइलो यात्राको योग रहनेछ ।काम प्रती लगनशिलता रहनेछ। रोकिएका काम व्यबहार बिस्तारै बिस्तारै सफल हुँदै जानेछन् ।

बृश्चिक=समय मद्यम रहन सक्नेछ कुनै काम कारोबार गर्दा ध्यान दिएर लगनशिल स्वभाबमा गर्नुहोला। साथिभाइ तथा आफन्त बाट जस अपजस पाइनेछ

धनु= यात्रा गर्ने योग रहेको । ईष्टमित्र तथा साथिभाई संगको भेटघाटमा समय बित्नेछ।पढाई लेखाइको क्षेत्रमा तेति ध्यान नजान सक्नेछ ।

मकर=आर्थिक उन्नती हुने देखिन्छ ।धार्मिक तथा सामाजिक कार्यमा सहभागी हुनाले मनमा हर्ष र उमंग रहनेछ। व्यापार ब्यबसायमा अत्यन्त सफलता मिल्नेछ ।मन सन्तोष रहनेछ।

कुम्भ=आर्थिक हिसाब किताबमा पारदर्शिता रहनेछ। सबै जनाले आफ्नो गुणगान गाउनेछन सम्मानित हुने योग रहनेछ ।काम प्रती लगनशिलता रहनेछ।

मीन=आर्थिक कारोबार गर्दा ध्यान दिनुहोला। सहकार्यमा गरेको काममा सफलता मिल्नेछ। ब्यय बढ्ने योग रहेको छ।           ज्योतिष पं. दिवाकर भेटुवाल
९८४०६१०२३९