शिवपुरीको चापाबोटमा तामाङ सास्कृतिक तथा सङ्ग्रहलय भवनको शिलान्यास
हरी भेटुवाल , शिवपुरी फागुन २ नुवाकोट जिल्लाको पुर्वि भेगमा अवस्थित शिवपुरी गाउँपालिका वडा न ७ चापाबोटमा तामाङ संास्कृतिक तथा सङ्ग्रहलय भवनको शिलान्यास भएको छ। भवन शिलान्यास नेकपा केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधिसभा सांसद हित बहादुर तामाङको प्रमुख अतिथ्यमा भएको थियोे । तामाङले शिलान्यास कार्यक्रम लाई सम्बोधन गर्दै तामाङ सङ्ग्रहलय भवन उधेश्य अनुरुप समयमा निर्माण हुने बताए । कार्यक्रममा विशेष अतिथि बागमती प्रदेशका उपसभामुख राधिका तामाङले सङ्ग्रहलय भवन निर्माण ले शिवपुरीमा पर्यटन क्षेत्रको विकास हुने र तामाङ भाषा सास्कृति भेसभुसाको संरक्षण हुने बताईन। कार्यक्रममा शिवपुरी गाउँपालिका अध्यक्ष रामकृष्ण थापाले नेपाल बहुभाषिक देश र बहुसस्कृति रहेकोछ यसको सरक्षणमा गाउँपालिका लागि रहेको र यश भवन निर्माण गर्ने गाउँपालिकाले यो वष दुई लाख सहयोग गर्ने र सधैं सहयोग गर्ने बताए । शिवपुरी वडा न ७ का माधव प्रसाद भेटुवालले वडा बाट गर्न सहयोग सधैं गरिरहने बताए। नेकपा क्षेत्र न १ का सयोजक पदम उप्रेतीले अहिले देशमा प्रधानमन्त्री केपि ओलिले गर्दा अस्थिरता देखिएको र नेकपा विकासको लागि सधै लागिरहेको बताए । उक्त भवन बागमती प्रदेस सरकार सामाजिक विकास मन्त्रालय सार्वजनिक निर्माण कार्यन्वयन ईकाई गजुरी धादिङ तथा जनश्रमदान रहेको छ। प्रदेस सरकार बाट ३८४००००/र जनश्रमदान ४९७८३६,५२/ रहेको छ।कामको सुरुवात २०७७/१०/०२ र सम्पन्न हुने मिति २०७८/०१/३० रहेको छ। यश आयोजनाको उपभोक्त समिति अध्यक्ष वीर बहादुर तामाङ रहेका छन।जग्गा दाता अाठ अाना राम बहादुर तामाङ एक रोपनी जग्गा चन्दर् ब तामाङले दिएका छन।