भेटुवाल विवकेशील साझा पार्टीको सञ्चार विभाग सदस्यमा मनोनित
तारकेश्वर २, फागुन । पत्रकार एवं सञ्चार उद्यमी उद्धवराज भेटुवाल विवेकशील साझा पार्टीको सञ्चार विभाग सदस्यमा मनोनित भएका छन् ।
पार्टीको शनिवार बसेको केन्द्रीय समितिको बैठकले प्रकाशचन्द्र परियार प्रमख रहनेगरी गठन गरेको ११ सदस्यीय सूचना, सञ्चार तथा प्रविधि विभागमा भेटवाल सदस्य भएका हुन् ।
झण्डै डढदशक पत्रकारिता तथा सञ्चारकर्ममा बिताएका भेटुवाल पछिल्लो पाँचवर्षयता सञ्चार तथा प्रविधि उद्यमीका रुपमा पनि क्रियाशिल छन् ।
पत्रकारिताका दौरान कुनै पार्टीगत प्रेस संगठनमा आवद्ध नभएका भेटुवालले पुरातनवादी राजनीतिक संस्कारलाई विस्थापित गर्न मूलधारकै राजनीतिमा क्रियाशिल हुनुपर्ने भएकाले विवेकशील साझा पार्टीको मोर्चामा गोलबन्द भएको प्रतिक्रिया दिए ।
पत्रकारितामार्फत समाजका समस्या उजागर गर्न सकिने भएपनि त्यसको समाधान गर्न राजनीतिक संघर्ष नै गर्नुपर्ने भएकाले सक्रिय पत्रकारितालाई विट मार्दै वैकल्पिक र सुसंस्कृत राजनीतिको बाटो रोजेको उनको भनाइ छ ।
भेटुवालले उद्यम र राजनीतिलाई सँगै लानसकेमात्र उत्पादनशील, इमानदार र सिर्जनशिल राजनीति हुनसक्ने तर्क गरे ।
पार्टीको सञ्चार विभागमा हरीशप्रसाद भट्ट उपप्रमुख रहेका छन् ।
विभागमा पार्टीका प्रवक्ता शरदराज पाठक एवं व्यवस्थापन विभागका प्रमुख दीपक प्रसाद उप्रेती पदेन सदस्य रहेका छन् भने रोशनी अधिकारी, आशिष जोशी रेग्मी, कृष्णा ताम्राकार, सुर्यदिप रेग्मी, नरेश भण्डारी र मनन महर्जन सदस्य छन् ।