धुलिखेल नगरपालिका नेपालको छैठौं बालमैत्री नगर घोषणा

तारकेश्वर फागुन, ५ । धुलिखेल नगरपालिका काभ्रेको पहिलो बाल मैत्री नगरपालिका घोषणा भएको छ ।

धुलिखेल नगरपालिकाको ३५ औ स्थापना दिवसको अवसरमा काभ्रे जिल्लाको धुलिखेल नगरपालिकालाई पहिलो बाल मैत्री नगर घोषणा गरिएको हो ।

परराष्ट्र मन्त्रि प्रदिप ज्ञवालीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विषेश अतिथि पुर्व संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा नगरपालिकाका प्रमुख असोक बेन्जु, उपप्रमुख विमला शर्मा लगायतको नगरपालिकाका कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा नगरको समग्र विकासमा योगदान पुर्याउने व्यक्तिहरुलाई विभिन्न मानपदवीद्वारा विभूषित गरिएको हो ।

धुलिखेल नगरपालिकाले नगरको स्थापना दिवसको अवसरमा नगरपालिकाद्वारा प्रकाशित “तस्बिरमा धुलिखेल नगरपालिका”, “स्वायत्तता को अभ्यास र अवधारणा”,”Dhulikhel’s journey towards water security” नामक पुस्तकहरूको बिमोचन गरेको थियो।

कार्यक्रममा बाल संजाल धुलिखेलका अध्यक्ष तथा बाल अभियन्ता सुजन खत्री र पुर्व बाल संजालका अध्यक्ष पवन गौतम लाई सम्मान गरिएको थियो ।

खत्रीले धुलिखेल नगरपालिकामा बाल संजालमा रहेर निरन्तर बालबालिकाको क्षेत्रमा काम गर्दै आएका छन्।

धुलिखेल नगरपालिकाले बालमैत्री स्थानीय शासनको ३९ वटा न्यूनतम सुचकहरु पुरा गरेकोले काभ्रेपलाञ्चोक जिल्लाको पहिलो, बागमती प्रदेशको तेस्रो तथा नेपालको छैठौं बालमैत्री नगरपालिकाको रूपमा घोषणा भएको हो।