नुवाकोटमा बाग्मती प्रदेश लिग फुटबल प्रतियोगिता हुँदै

नुवाकोट फागुन, ५ । नुवाकाेटकाे बट्टारमा वागमति प्रदेश लिग फुटवल प्रतियाेगिता भाेलि फागुन ६ गते बिहीबार देखि सन्चालन हुने भएकाे छ।
अखिल नेपाल फुटवल संघकाे आयाेजना र नुवाकाेट जिल्ला फुटवल संघकाे संयाेजनमा खेलकाे उद्धघान विदुर नगरपालिकाका नगर प्रमुख सन्जु पण्डितकाे प्रमुख आतिथ्यतामा बट्टार क्याम्पसकाे खेल मैदानमा भाेलि दिनकाे १२:३० वजे हुने जिल्ला फुटवल संघका उपाध्यक्ष तथा प्रतियोगिता सन्चालन प्रचार प्रसार उपसमितिका संयाेजक उद्धव पनेरुले जानकारि दिए।
नुवाकाेटकाे जिल्ला लिग विजेता नुवाकाेट युनाईटेड फुटवल क्लवले नुवाकोटको प्रतिनिधित्व गरेकाे खेलमा वागमति प्रदेशभित्ररहेका १० जिल्ला विजेता क्लवहरुले सहभागिता जनाउने छन् भने विजेताले नगद ५ लाख सहित ट्रफि मेडल र प्रमाणपत्र पाउने छन्।
उपविजेता ले २ लाख पचास हजार पाउने प्रतियाेगितामा सेमिफाइनल पुग्ने टिमले ५०/५० हजार प्राप्त गर्ने छन्।त्यसैगरि सहभागी क्लवहरुलाई तयारि खर्च स्वरुप ५०/५० हजार उपलव्ध गराईने समेत केन्द्रीय प्रतिनिधि पुर्णमान चित्रकारले जानकारि दिए।
नुवाकाेटकाे प्रतिनिधित्व गर्ने नुवाकाेट युनाईटेड फुटवल क्लवका खेलाडिहरु तथा अफिसियलहरुलाई आज एक कार्यक्रमकाे विच खेल सामाग्रि हस्तान्तरण गरिएकाे छ।
विदुर नगरपालिकाले प्रदान गरेकाे खेल सामाग्रि विदुर नगर पालिकाका नगर प्रमुख सन्जु पण्डितले क्लवका अध्यक्ष रामकुमार काेईराला,टिम क्याप्टेन गाेविन्द रिमाल तथा खेलाडिहरु सन्ताेष थापा र सन्ताेष भुजेललाई हस्तान्तरण गर्नुभएकाे हाे।
कार्यक्रममा मेयर पण्डितले समग्र विकास सङ्गै खेलकुदकाे विकासमा विदुर नगरपालिका कटिबद्ध रहेकाे र याेजनाका साथ लागिरहेकाे वताउदै नगरकाे खेलकुद विकासकाे लागि सवै सहयाेग र सहकार्य गर्न तयार रहेकाे वताउनुभयाे।
कार्यक्रममा नुवाकाेट युनाईटेड फुटवल क्लवका मुख्य प्रशिक्षक रविन्द्र भुजेलले टिमले कडा मेहनत र टेक्निकल्लि तयारिरहेका कारण लिग जित्ने दावि गरे।
टिम कप्तान गाेविन्द रिमालले टिम मजवुत वनेकाे तथा हामिलाई घरेलु दर्शक र मैदानले साथ दिने हुदा विजेता वन्ने लक्ष्यका साथ मैदानमा उत्रिने वताए।
क्लवका अध्यक्ष रामकुमार काेईरालाले टिम व्यवस्थापन र तयारिमा कुनै कन्जुस्याइँ नगरि खेलाडिहरुकाे मनाेविज्ञान वुझेर टिम बनाएकाेले विजेता वनाउन सवै खेलाडिहरुले सय प्रतिशत मेहनत गर्ने विश्वाश व्यक्तगर्दै सबै सहयाेगि हातहरुलाई धन्यवाद दिदै विजेता ट्रफि उचाल्नेमा ढुक्क भएकाे वताए।
कार्यक्रममा खेलकुद विकास समितिका पुर्व अध्यक्ष तथा नेकपा नेता बुद्धि प्रधानले नुवाकाेटकाे खेलकुद विकासमा आफू सधै क्रियासिल रहनेभन्दै विदुरका जनप्रतिनिधिहरुकाे जस्तै सहयाेग मिल्ने हाे भने नुवाकाेटले छिट्टै खेलकुदमा धेरैकुरा दिनेछ भन्दै सवैकाे सहयाेगले नुवाकाेटकाे सान खेलकुदले राख्ने वताउनु भयाे ।
कार्यक्रममा एन्फा केन्द्रीय सदस्य पुर्णमान चित्रकार जिल्ला अध्यक्ष दिपकलाल चित्रकार लगाएतले आफ्नाे धारणा राखेका थिए।
भाेलि फागुन ६ गते नुवाकाेट युनाईटेड क्लव नुवाकाेट र सिन्धुलिकाे नमुना जनउत्थान क्लवका विच दिउसाे १२:३० वजे उद्घाटन खेल हुने प्रचार संयाेजक उद्धव पनेरुले जानकारि दिए।