विहिबार काँग्रेस सभापति देउवा नुवाकोट आउँदै

नुवाकोट फागुन ,६ । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विहिबार नुवाकोटमा हुने पार्टी कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्ने बताइएको छ।

विहिबार नुवाकोटमा नेपाली कांग्रेस नुवाकोटको पार्टी कार्यालय वि.पि स्मृति भवनको उद्घाटन समारोह कार्यक्रम रहेको छ। पूर्व प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यता रहने समारोहमा नेपाली कांग्रेसका नेता गगन थापा, डा. शशांक कोइराला, पूर्व अर्थमन्त्री रामशरण महत, अर्जुननरसिंह केसी लगायतका थुप्रै केन्द्रीय तहका नेताहरुले कार्यक्रमलाई सम्बोधन गर्ने बताइएको छ।

समारोहमा जिल्लाको १२ ओटै स्थानीय तहका काङ्ग्रेस नेता कार्यकर्ताको बाक्लो सहभागिता रहने नेपाली कांग्रेस नुवाकोट स्रोतले बताएको छ।

स्रोतका अनुसार नेपाली कांग्रेसको सभापति देखि केन्द्रीय तहका नेताहरुको उपस्थितिमा हुने समारोहलाई महत्वपूर्ण रुपमा हेरिएको छ।

नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनको विरुद्धमा निरन्तर सक्रिय रुपमा आन्दोलन गर्दै आइरहेको छ।

काङ्ग्रेसको महाधिवेशन फागुनमा हुने बताइएको भएतापनि आन्तरिक विवादमा रुमलिएको काङ्ग्रेस नेताहरूले पार्टीमा कसैले कसैको विस्वास गर्न सकेका छैनन्।

काङ्ग्रेस ठुलो प्रतिपक्ष दल भएता पनि सक्रिय राजनीति गर्न सकेको देखिँदैन।

काङ्ग्रेसको आन्तरिक किचलो र विवादको फाइदा सत्ताधारी दल नेकपाले लिईरहेको देखिन्छ।