पर्यटन व्यावसायिहरुको माग सरकारले पूरा नगरे आन्दोलन जाने, पर्यटन व्यावसायि।

तारकेश्वर  फागुन १० ,पर्यटनसँग सम्बन्धित सघं सस्थाहरुले आज काठमाडौको भृकुटीमण्डपमा रहेको नेपाल पर्यटन बोडको हलमा पत्रकार सम्मेलन आयोजना गरेका छन् । कोभिड १९ कोरोना भाईरसले गर्दा पर्यटन ब्यावसायमा एक वर्ष देखि थिलथिलो रहँदा पनि सरकारको ध्यान नपुगेको भन्दै पर्यटन व्यवसायिहरुले पत्रकार सम्मेलन गरेका हुन उनिहरुले पत्रकार सम्मेलनमा दस बुदे माग राखेका छन सरकारले उक्त पर्यटन ब्यावसायिको माग पूरा नगरे अान्दोलन मा जाने बताएका छन।
कार्यक्रममा ना ट्टा का अध्यक्ष अच्युत गुरागाईं ले पर्यटन क्षेत्रका लागि मात्र कोरोना को पावन्दी लगाइएको गुनासो गरेका छन् । अहिले क्वारेन्टाइनको व्यवस्था हटाएर अन अराइभल भिसा को व्यवस्था गर्नुपर्ने अध्यक्ष गुरागाईं ले बताए राजनीति दलले शक्ति प्रदर्शन गर्न , हुल जम्मा गर्न ,हुने विदेशी टोलीले नेपाल आई सेमिनार गरेर जान मिल्ने, त्यसो गर्दा कोरोना नलाग्ने, मास्क र स्यानिटाइजर पनि नचाहिने तर पिसिआर रिपोर्ट लिएर भ्रमण गर्न इच्छुक पर्यटकलाई चाहिँ अनावश्यक नियम लगाइएको भन्दै अध्यक्ष गुरागाईं ले यस नियमको भत्सर्ना समेत गरे ।
                                                                          पर्यटन क्षेत्रको समस्याहरु माथि अझै सरकार ले ध्यान नदिए आन्दोलनमा उत्रने ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानका अध्यक्ष खुम वहादुर सुबेदी ले बताए । कार्यक्रममा पर्यटन सँग सम्बन्धित ३५ वटा सघ सस्थाको तफ बाट पत्रकार सम्मेलनमा नाट्टाका अध्यक्ष अच्युत गुरागाईले पर्यटन व्यावसायिको दस बुदे माग सहित प्रेस विज्ञप्ति प्रस्तुत गरेका थिए । भने कार्यक्रम सञ्चालन टानका महासचिव सरिता लामाले गरेकि थिईन।            प्रेस विज्ञप्ति यसप्रकार रहेको छ

१० फाल्गुन २०७७, सोमबार