अनेरास्ववियु नुवाकोटको संयोजकमा श्रेष्ठ कि कोइराला

नुवाकोट , १५ फागुन। नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समुहले आफू निकटका संगठनहरुलाई पूर्णता दिन ९ बुँदे मापदण्ड तयार गरेर मापदण्ड तथा आधारहरूमा हस्ताक्षर गरेका छन् ।

जुन मापदण्ड अनुसार नेकपाको सबै कमिटीहरुमा दुबै पक्षबाट ५० प्रतिशत हुने निर्णय भएको छ ।

प्रचण्ड माधव समुहले आफ्नो संगठनलाई पुर्णता दिन यस प्रकारको मापदण्ड निकालेसँगै अनेरास्ववियु जिल्ला कमिटी नुवाकोटमा पूर्व एमालेको तर्फबाट ओमप्रकाश श्रेष्ठ संयोजक र पूर्व माओवादीको तर्फबाट विनोद कोइराला सहसंयोजक बन्ने लगभग निश्चित भएको छ ।

ओमप्रकाश श्रेष्ठ पूर्व एमालेका तर्फबाट तत्कालीन अनेरास्ववियु जिल्ला कमिटीका सक्रिय विद्यार्थी नेता हुन । नुवाकोटको अनेरास्ववियु विद्यार्थी आन्दोलनमा देखिने सक्रिय अनुहार ओमप्रकाश श्रेष्ठको नै हो ।

विनोद कोइराला तत्कालीन आखिल क्रान्तिकारीको सहसचिव हुन भने नेकपा पार्टी एकता पछि अनेरास्ववियु जिल्ला कमिटी नुवाकोटको सहसंयोजक भएका थिए ।

विनोद कोइराला पछिल्लो समय प्रतिनिधिसभा विघटनजा विरुद्ध भएका आन्दोलनहरुमा सक्रिय देखिन्छन् ।

गत माघ १८ गते नुवाकोटमा एक आन्दोलन सहभागी हुँदा घाइते समेत भएका थिए । हालसम्म नुवाकोटमा प्रचण्ड माधव समुहमा अनेरास्ववियु जिल्ला कमिटीको उम्मेद्वारका दावेदार ओमप्रकाश श्रेष्ठ र विनोद कोइराला मात्रै देखिन्छन ।

नेकपा अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपालले हस्ताक्षर गरेको पार्टी संगठन एवं जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति र एकीकरणको लागि मापदण्ड तथा आधारहरूमा संगठनका पधाधिकारीहरुमा जुन पक्षबाट रिक्त भएको हो त्यही पक्षबाट पुर्ति गरिने आधार उल्लेख भएकाले अनेरास्ववियु जिल्ला कमिटी नुवाकोटको संयोजकमा ओमप्रकाश श्रेष्ठ रहने निश्चित जस्तै भएको छ ।

१५ फाल्गुन २०७७, शनिबार