तारकेश्वर नगरपालिकामा बर्डफ्लुबाट प्रभावित कृषकले चैत १७ भित्र क्षतिपूर्ति पाउने

तारकेश्वर फागुन १६ । तारकेश्वर नगरपालिकाको फुटुङ र साङलाखोलामा कृषकले पालेको हाँस कुखुरा तथा टर्कीमा बर्डफ्लु भेटिएपछि नगरपालिकाले त्यहाँ पालिएको १५ हजार ३ सय ९७ ओटा हाँस र कुखुराहरुलाई खाल्डोमा पुरेर नष्ट गरेको थियो ।

हाल सम्म नगरपालिका भित्र १९ घरपरिवारको पशुपन्छी नष्ट गरेको तारकेश्वर नगरपालिका पशुसेवा शाखा प्रमुख धनीपतराय यादवले तारकेश्वर अनलाइन जानकारी दिए ।

यादवका अनुसार २ सय ३० जनाले क्षतिपूर्तिको माग गर्दै पशुसेवा विभागमा निवेदन दिएका छन् ।

प्रभावित किसानलाई पशु सेवा विभागले अर्थ मन्त्रालय सँग समन्वय गरेर क्षतिपूर्ति दिने भनेको छ ।

बर्डफ्लुबाट प्रभावित किसानले आगामी चैत महिनाको १७ गते भित्र क्षतिपूर्ति पाइसक्ने पशुसेवा शाखा प्रमुख यादवले बताए।

बर्डफ्लुको न्युनिकरण र नियन्त्रणको प्रयासका लागि तारकेश्वर नगरपालिकाले वडा स्तरमा समितिहरु बनाएर काम गरिरहेको छ ।