शिवपुरीको होमस्टेले पर्यटकलाई आकर्षण गर्दै, कालिजदेखि बट्टाईसम्म खान पाइने

नुवाकोट २६, फागुन । नुवाकोट जिल्लाको पुर्वि भेगमा अवस्थित शिवपुरी गाउँपालिकाको वडा न ६ समुन्द्रा देविमा शिवपुरी बटाई कालिज फार्म होमस्टे संचालनमा आएको छ ।

काठमाडौँबाट करिब ३० मिनेटको सवारी यात्रामा होमस्टे पुग्न सकिन्छ । शिवपुरी बटाई कालिज फार्म होमस्टेमा कालिज बटाई पालन गरि अर्गानिक र स्थानीय खाना तथा बटाई कालिजको मासुको परिकार र चिसो हावापानीमा बसेर आनन्ददायी रुपमा मनोरञ्जन गर्ने वातावरण रहेको छ ।

काठमाडौबाट नजिकै रहेकोले प्रकृतिको सुन्दरतामा रम्दै शनिवारको छुट्टी मनाउन पाउँदा यो होमस्टे अति नै प्रभावकारी भएको पर्यटकहरू बताउँछन् ।

ग्रामिण पर्यटन प्रवर्द्धनका साथै पर्यटकलाई छोटो दुरीको स्थानमै उत्कृष्ट गाउँले जीवनको अनुभव दिलाई नयाँ स्वाद चखाउने उदेश्यका साथ कालिज बट्टाई र स्थानीय उत्पादनमा केन्द्रित रहेर यस फ़ाम संचालनमा ल्याएको संचालक बिष्णु श्रेष्ठ ,हरि भेटुवालले तारकेश्वर अनलाईन सँगको कुराकानीमा बताए ।

भेटुवाल भन्छन: हामीले होमस्टे सञ्चालनमा ल्याउँदा पर्यटकहरु नआउलान् कि भनेर चिन्तामा बसेका थियौं, तर आजभोलि सातामा आन्तरिक र बाह्य गरि ४० देखि ५० जनाको सङ्ख्यामा पर्यटकहरु आउन थालेका छन ।

अहिले अधिकांश पर्यटकहरू काठमाडौँबाट नै आउने गरेको सन्चालक बताउँछन् ।

काठमाडौंबाट नजिक भएको चिसो हावापानीमा आनन्द लिन , प्राकृतिक सुन्दर वातावरण नियाल्न काठमाडौँमा बस्ने अधिकांशको शनिबार शिवपुरी बटाई कालिज फार्म होमस्टेमा नै बित्ने गरेको छ ।

आफु साथिहरु सहित हरेक शनिवारको छुट्टि मनाउन शिवपुरी बटाई कालिज फार्म होमस्टेमा नै आउने गरेको पर्यटक राजु रिजालले बताए ।

 

२६ फाल्गुन २०७७, बुधबार