सवारी दुर्घटना, दुई जनाको मृत्यु

दैलेख २७, फागुन । दैलेख जिल्लाको आठबीस नगरपालिका वडा नं २ मा विहिबार मिनिबस दुर्घटना भएको जानकारी आएको छ ।

दुर्घटनामा २ जनाको मृत्यु भएको छ । विहिबार विहान ११ बजे कालिकोट बाट नेपालगञ्ज आउँदै गर्दा दुर्घटना परेर कर्णाली प्रदेश ०२–००१ ख ०२४७ नम्बरको मिनिबस सडकबाट करिब ६० मिटर तल खसेको बताएको छ ।

मृत्यु हुनेमा कालिकोट घर भएका अन्दाजी ३७ वर्षीय जितेन्द्रबहादुर शाही र २१ वर्षीय कमल विक रहेको प्रहरीले बताएको छ ।