आज मिति २०७७ साल चैत २ गतेको राशिफल

आजको पञ्चाङ्ग
२०७७ साल चैत्र २ गते सोमबार
१९४२ शंक सम्वत, ११४१ ने.सं.
प्रमादी नाम संवत्सर उत्तरायण वसन्त ऋतु:
फाल्गुन शुक्लपक्ष द्वितीया सांझ ५:४९ बजेसम्म
नक्षत्र- रेवति रात्रि ३:५३ बजे सम्म त्यसपछि अश्विनी
योग-शुक्ल बिहान ७:५५ बजेसम्म
करण-कौलव बेलुकी ७:०३ बजेसम्म
चन्द्रमा- मीन राशि राति ३:५३ बजेसम्म त्यसपछि मेष
तदनुसार मार्च १५ २०२१

आजको राशिफल

मेष =निरर्थक र प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानीको सम्भावना छ । आज तपाइको कमाइ भन्दा खर्च नै बढी हुने योग छ, छरछिमेकबाट सरसहयोग प्राप्त होला ।

बृष =रमाइलो भेटधाटले मनलाइ हर्षित बनाउनुको साथै पराक्रम बढला । व्यापारमा पनि सुधार आउनेछ । यात्राको क्रममा लाभ मिलनेछ, सन्तानबाट पनि सुख पाइनेछ ।

मिथुन =काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धनलाभ होला । विपरित लिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ।

कर्कट =परिवार सँग आत्मीयता बढ्नेछ । संगीत सिक्नमा मन जाला । विभिन्न अवसरले पछ्याउनेछन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ, वित्तादी लाभ होला ।

सिंह =शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ, पठनपाठनमा ध्यान दिनु बेस हुनेछ, प्रेमसम्बन्ध बलियो रहनेछ ।

कन्या =मनमा रहेको डर हटेर काममा उत्साह बड्नेछ । टाढाको यात्रा गर्ने अवसर आउला, दिन सामान्य नै छ । अनुकूल यात्राको सम्भावना छ ।

तुला =घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुन्छ । केही चुनौती सामना गर्नुपर्ने देखिन्छ ।

बृश्चिक =आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा फाइदा होला । पढाइलेखाइमा प्रगति हुनेछ ।धनजनको वृद्धि होला ।

धनु =पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । आर्थिक क्षेत्रमा प्रशस्त लाभ हुने संकेत छ, ब्यापार, कृषि, तथा बैदेशिक क्षेत्रमा दिन एकदमै राम्रो छ ।

मकर =हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ, टाढाको यात्राबाट केही धनको पनि आर्जन हुनेछ । व्यापार बढने यात्रा हुने।

कुम्भ =खर्च बढने र स्वास्थय कम्जोर भइ काममा अवरोध आउनेछ । कुराकाटनेहरु बढनेछन सावधान रहनु होला । नयाँ योजना बनाउन र दीर्घकालीन योजना बनाउन आजको दिन अनुकूल नहुन सक्छ ।

मीन =परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् दिन मध्यम खालको छ । पढाइमा सफलता पाईने छ।

ज्योतिष पं. दिवाकर भेटुवाल
९८४०६१०२३९