पेट्रोलियम पदार्थको फेरि मुल्यवृद्धि
तारकेश्वर ३, चैत्र। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ ।
पेट्रोल डिजेल र मटितेलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढाएको हो ।
निगमले पेट्रोलियम पदार्थको मुल्यमा प्रति लिटर दुई दुई रूपैयाँले वृद्धि गरेसँगै पेट्रोलको मूल्य प्रतिलिटर ११८ र डिजेलको १०१ रुपैयाँ पुगेको छ ।
हवाई ईन्धन (आन्तरिक उडानतर्फ)को साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेर ७४ रुपैयाँ कायम गरिएको छ ।
एलपी ग्यास तथा हवाई इन्धन (आन्तर्राष्ट्रिय उडान तर्फ)को खुद्रा बिक्री मूल्य यथावत नै कायम भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।