सुनको भाउ लगातार ओरालो लाग्दै

तारकेश्वर ६ , चैत्र । शुक्रबार पनि सुनचाँदीको भाउ घटेको छ ।

आज छापावाला सुन ५ सयले घटेर ८६ हजार ७ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ८६ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी महासंघले बताएको छ ।

चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

६ चैत्र २०७७, शुक्रबार