सिन्धुपाल्चोकको लकाङ घ्याङमा विधुत प्रसारण लाईन पुगेपछि गाउँलेले खुसियाली मनाए।

तारकेश्ववर चैत ८ सिन्धुपाल्चोक  को पाँचपोखरी थाङ्गपाल गाउँपालिका वाड नम्बर २ बरुवाको लकाङ घ्याङ मा बिधुत प्रसारण लाइन संग जोडिएको छ। लकाङ घ्याङ गुम्बामा  तीन लाईनको विद्युत प्रसारण लाइनको उद्घाटन गर्दै गाउँले ले खुशियाली मनाएका हुन्।

काठमाण्डौबाट नजिकैको (मात्र ९० किलोमिटर) प्रमुख पर्यकीय गन्तव्य मानिने यो क्षेत्रमा अझ सम्म विद्युतिय प्रसारण नहुँदा यहाँ रहँदै आउनुभएको स्थानीय जागरुक युवा दावा शेर्पा लगायत स्थानिय सरकार, गाउँपालिकाको अग्रसरतामा यो विद्युत आपूर्ति सहज रुपमा सम्पन्न भएको स्थानियहरुले बताए।

काठमाडौं बाट नजिकै पर्ने भएतापनि अहिले सम्म दुर्गम क्षेत्रको रुपमा परिचित यस क्षेत्रलाई झन् २०७२ सालको भूकम्पले तहस नहस नै बनाएको थियो । त्यसले झन् आक्रान्त बनेका स्थानियहरु गाउँ छाड्दै जान थालेको अवस्थामा बिकासको सानो कार्यले बिस्तारै पुनः स्थानिय हरु आफ्नो पुरानो थलो मा फर्किने मा स्थानिय जागरूक युवा दावा शेर्पाले विश्वास लिएका छन् ।

शेर्पाले बत्ती जडानको सुरुवातकर्ता सोनाम जाङबु शेर्पा यो दुनियाँ मा नरहनु भएपछि आफ्नो दाजुको सपनालाई पुरा गर्न आफूले सानो भूमिका निर्वाह गरेको बताए । ” गाउँमा बत्ति पुर्याउने मेरो दाइको ठुलो सपना थियो तर दुर्भाग्यबस उहाँको असमायिक निधन भयो तर उहाँको सपनालाई मैले निधन हुन दिन सकिन र कहिले हुन दिन्न पनि ” उनले भने।

बरुवा वडा नं २ का सदस्य पेम्बा शेर्पाले आफ्नो मन्तब्य राख्दै पाँचपोखरीको सबैभन्दा दुर्गमस्थल भएकाले स्थानिय गाउँपालिका र स्थानिय सरकारले विशेष ध्यान दिनुपर्ने बताए । यस गाउँको विकास एकल को प्रयास ले सफल नहुने हुँदा सबैले एकजुट भएर अघि बढ्नु पर्ने समेत शेर्पाले बताए।

नेपाल विद्युत प्राधिकरका प्रशासकीय अधिकृत युवराज दुलालले आफूले यस विद्युत प्रसारण गर्ने सम्बन्धमा मध्यस्तकर्ताको भुमिका निर्वाह गर्न पाउँदा अत्यन्तै खुसी भएको बताए । सोनम दाइ को सपना आज केहि हद सम्म पुरा भएको छ , आफ्नो गाउँलाई विकास गर्ने उहाँको सपना र भाइ तिमीले साथ दिनुपर्छ भनेको हिजो जस्तो लाग्छ तर आज हामी बीच उहाँ रहनुभएन , दुलालले बताए। ”

त्यसैगरी उपत्यका पर्यटन कार्यालयका प्रमुख टंक भट्टराईले शुभकामना दिदै यस बिधुत प्रसारण कार्य र यहाँका जनताको एकजुट भएर कार्य गर्ने शैलीको तारिफ गरे। उनले भने ” सरकार गाउँ गाउँ मा पुगेको छ, हरेक ठाउँमा सुविधाहरु पुर्याउन सरकार लागेको छ र बिस्तारै सफल पनि भएको छ त्यसको नमूना यो हिमाली क्षेत्रमा विद्युत पुग्नु पनि हो र जनताको साथ सहयोगले जुनसुकै काम पनि गर्न सकिन्छ भन्ने एक महत्वपूर्ण उदाहरण हो। ”

यसैगरी स्थानिय निकाय, सरकार र स्थानीयबासीहरु सहकार्यमा अघि बढ्दै जाने हो भने धेरै सम्भावनाहरु यस स्थानमा रहेको उनले बताए। यो स्थान आफैंमा सुन्दर, पवित्र धार्मिक तिर्थस्थल आमायाङ्ग्री र भाषा भेष भुषा र मौलिकतालाइ प्रयोग गरेर यो क्षेत्रलाई पर्यटकीय हबको रुपमा निर्माण गर्न सकिने समेत भट्टराई ले बताए। साथै आफूले गर्न पर्ने जुनसुकै सहयोग गर्न तत्पररहेको समेत उनले बताए ।

बरुवाका वडा अध्यक्ष पासाङ लामाले विभिन्न चुनौतीका बावजूद विद्युतिय लाइन प्रसारण गर्न सफल हुँदा यस आयोजनाको मुख्य हकदार सोनाम शेर्पालाई बिर्सन नहुने बताए । यस स्थानमा विभिन्न धार्मीक पर्यटकिय स्थलहरु भएकाले यसको भरपूर प्रचार प्रसारको लागि आफ्नो गाउँपालिका र वडाले विभिन्न क्षेत्र बाट काम गर्दै पाँच पोखरी र आमायंग्री लाई जोड्ने कार्यमा अघि बढेको उनले बताए। अबको केही वर्षमा यो योजनाले पूर्ण रूप पाउने कुरामा आफु बिस्वस्त रहेको बताउंदै उनले यस क्षेत्रको पर्यटकिय विकास गर्न स्थानिय जनताहरूको महत्वपूर्ण हात हुने भएकाले स्थानीयहरुलाई पर्यटन मैत्री वातावरण सृजना गरिदिन अनुरोध समेत गरे ।

त्यस्तै कार्यक्रममा बोल्दै पाँचपोखरी थाङ्गपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले आफूले आफ्नो क्षेत्रको विकासको लागी गर्न पर्ने सबै कुरा गर्दै गरेको र पर्यटकिय क्षेत्रमा पनि आफ्नो स्थानलाई अरुभन्दा अग्ररुपमा अगाडि बढाइरहेको बताए । आगामी दिनमा बिजुली बत्ति , सडक स्तरोन्नति , पर्यटन सम्भावनाको खोजि संगै बस्ति मा स्थानीय लाइ फर्काउन आगामी दिनमा पनि अग्रसर बनेर कार्य गरिरहने उनले बताए।

कार्यक्रम मा स्थानिय स्याप्रू नृत्य, सांस्कृतिक नृत्य लगायतको आकर्षक प्रस्तुति रहेको थियो । यस स्थान पर्यटकको लागि अत्यन्तै उपयुक्त स्थान भएकाले अहिले यहाँ विभिन्न स्तर का होटल रिसोर्टहरु पनि निर्माण हुन् थालेका छन् । यहाँ बाट पाँचपोखरी, आमायाङ्री, लाङटाङ, मेलम्ची घ्याङ, तारके घ्याङ, अमृत लगायतका प्रमुख धार्मिक एतिहासिक तथा पर्यावरणीय पर्यटनको भरपूर आनन्द लिन सकिन्छ भने यस स्थान बाट गोसाईकुण्ड हिमाल, लाक्पा दोर्जे हिमालको दृश्य अवलोकन गर्न सकिन्छ।

८ चैत्र २०७७, आईतवार