मापसे गरेर श्रीमान्‌ले कुटपिट गर्दा श्रीमतीको मृत्यु

तारकेश्वर १५, चैत । पोखरामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ ।

पोखरा – २६ बराल डाँडाका ४९ वर्षीय देव बहादुर बि.क.ले कुटपिट गरि शनिबार दिउसो घाइते श्रीमती ४० वर्षीया देवी जि.सी.बि.क. को आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

देव बहादुरले मादक पदार्थ सेवन गरी टाउको र खुट्टामा कुटपिट गर्दा श्रीमती घाइते भएको र पोखराका विभिन्न अस्पतालमा उपचार गरी पुनः घरमानै लगी राखेको आइतबार अचेत भई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीले बि. क लाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ