बुधबार पनि सुनको मूल्य ओरालो लाग्ने क्रम जारी

तारकेश्वर १८, चैत । नेपाली बजारमा लगातार घटिरहेको सुनको भाउ बुधबार पनि ओरालो लागेको छ ।

बुधबार सुनको मूल्य ४ सय रुपैयाँले घटेर तोलाको ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

त्यसैगरी, हिजो तोलाको ८५ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मुल्य तेजावी सुनको मूल्य आज तोलाको ८५ हजार १ सय ५० रुपैयाँ कायम भएको छ ।

 

बुधबार चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर तोलाको १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।