देशका अधिकांश ठाउँको मौसम सफा, डढेलो बढ्दै गएमा प्रदुषण बढ्न सक्ने

तारकेश्वर २०, चैत । आज उपत्यकाका सहित देशका अधिकांश ठाउँको मौसम सफा रहेको छ ।

राजधानी काठमाडौंसहित आसपासका क्षेत्रमा शुक्रबार घाम लागेको छ । वायुमण्डलमा देखिएको तुवाँलो सुधार हुँदै गएकाले धेरै ठाउँमा प्रदूषण कम हुँदै गएको भए पूर्णरुपमा प्रदूषण हट्न समय लाग्ने मौसमविद्हरुले बताईरहेका छन् ।

शुक्रबार दिउँसोपछि पहाडी क्षेत्रको मौसम समान्यतया बद्ली हुने र केही ठाउँमा मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताए ।

डढेलो नरोकिए फेरि प्रदूषण बढ्ने छ । डढेलो नियन्त्रण भएन र वायुमण्डल पनि स्थिर रहेमा हावा नचल्ने र प्रदूषण बढ्ने सम्भावना हुन्छ ।

आज पनि देशका विभिन्न २८ क्षेत्रमा डढेलो लागेको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीले जनाएको छ ।

प्रणालीका अनुसार सबैभन्दा धेरै सुर्खेतका २९ ठाउँमा, सल्यानका २२ ठाउँमा र बर्दियाका विभिन्न २१ क्षेत्रमा डढेलो लागेको छ ।