शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाको ११ औं वार्षिकोत्सव सम्पन्न, नुवाकोटमा पनि सेवा विस्तार गरिने
तारकेश्वर २५, चैत । शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले एघारौँ स्थापना दिवस तथा वार्षिकोत्सव मनाएको छ ।
बुधबार विविध कार्यक्रम गरि सहकारीले वार्षिकोत्सव मनाएको हो । नागरिकलाई आर्थिक गतिविधिमा संलग्न गराई सेवा पुर्याउने उद्देश्यले वि.सं. २०६७ साल चैत २५ गतेबाट सन्चालनमा आएको उक्त सहकारीले १० वर्ष पुरा गरेर ११ औं बर्षमा प्रवेश गरेको हो ।
सहकारीको बार्षिकोत्सव समारोहका अवसरमा २२ जना जेष्ठ नागरिकहरुलाई टेक्ने लठ्ठी, पछ्यौरा र टोपी लगाएर सम्मान गरिएको थियो ।
सहकारीले बुधबार रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो । सहकारीले ५ ओटा सेवा केन्द्रहरुमा आयोजना गरेको रक्तदान कार्यक्रममा २ सय २३ जनाले रक्तदान गरेका थिए ।
काठमाडौं महानगरपालिकाको वडा नं २२ न्युरोडमा प्रधान कार्यालय रहेको शुक्रपथ बहुउदेश्यीय सहकारीले काठमाडौं, भक्तपुर, ललितपुर , चितवन र नुवाकोटमा गरि ८ ओटा सेवा केन्द्र तथा शाखा कार्यालयहरू स्थापना गरिसकेको सहकारीका प्रमुख कार्यकारी अधिकृत मधुकर वाग्लेले जानकारी दिए ।
सहकारीमा करिब दस हजार सदस्य संख्या पुगिसकेको र सहकारीको २२ करोड रुपैयाँ पुँजी तथा दुई सय दश करोड रुपैयाँको कारोबार भइरहेको वाग्लेको भनाइ छ ।
सहकारीले ग्रामीण क्षेत्रमा मनिसहरुको जीवनस्तर तथा आर्थिकस्तर अभिवृद्धि गर्ने उदेश्यले विभिन्न समयमा अन्तरक्रियात्मक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
आगामी दिनमा पनि ग्रामीण भेगमा विशेष किसिमका आथिर्क कार्यक्रमहरु सन्चालन गर्ने उद्देश्य रहेको बताईएको छ ।
२५ चैत्र २०७७, बुधबार