राप्रपा तादी गाउँपालिकाको अध्यक्षमा राजेन्द्र उप्रेती

नुवाकोट राप्रपा तादी गाउपालिकाको अदिवेसनले राजेन्द्र उप्रेतीलाई कार्यसमितिको अध्यक्ष पदमा निर्वाचित गरेको छ। उपाध्यक्ष पदमा प्रतिमा तामाङ निवार्चित भएकी छिन् र कार्यसमितिमा एकतीस सदस्य रहेका छन्।                                                                                                                                                                    राष्ट्रिय प्रजातन्त्र पार्टी यस वखत महाधिवेशनको चटारोमा छ । राप्रपाको वैशाखको अन्तिम साता केन्द्रिय महाधिवेशन तोकि सकेको छ । नेपालभर प्रत्यके वडा, गाउ, प्रदेश क्षेत्र र जिल्ला अधिवेशनहरु धमाधम सम्पन्न भइरहेका छन् ।
उक्त अधिवेशनमा प्रमुख अतिथि राप्रपाका केन्द्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी र वरिष्ठ नेता पूर्व गृह मन्त्री बुद्धिमान तामाङ पुर्व मन्त्री परसुराम तामाङ लगायत केन्द्रिय नेताहरुको उपस्थिति रहेको थियो ।

२८ चैत्र २०७७, शनिबार