अनेरास्ववियु सुर्यगढी गाउँपालिका अध्यक्षमा कमल तिमल्सिना निर्वाचित
नुवाकोट २८, चैत । नेकपा एमाले निकट विध्यार्थी संगठन अनेरास्ववियुको नुवाकोट स्थित सुर्यगढी गाउँपालिका कमिटीको पहिलो अधिवेशन शनिबार सम्पन्न भएको छ।
नेकपा एमाले नुवाकोट जिल्ला कमिटि सदस्य राजु तिवारीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले कमल तिमल्सिनाको अध्यक्षतामा ४१ सदस्यीय गाउँपालिका कमिटी निर्विरोध निर्वाचित गरेको हो।
जसमा उपाध्यक्ष सबिना श्रेष्ठ, सुबास न्यौपाने, कृष्ण बहादुर तमाङ्ग सचिवमा सर्मिला तमाङ्ग, सह सचिवमा सुरज तमाङ्ग र सृजना न्यौपाने, कोषाध्यक्षमा सुमिरा तमाङ्ग चयन भएका छन्।
पहिलो अधिवेशनलाई सम्बोधन गर्दै नेकपा एमाले जिल्ला कमिटी सदस्य राजु तिवारीले अबको विध्यार्थी आन्दोलन रचनात्मक हुनुपर्ने बताए ।
त्यस्तै भेलालाई अनेरास्ववियु केन्द्रीय सदस्य राजेन्द्र गजुरेल, अनेरास्ववियु केन्द्रीय सदस्य तथा नुवाकोट जिल्ला संयोजक विष्णु हरि रिमाल सत्य अनेरास्ववियु नुवाकोट जिल्ला कमिटि सचिव पशान्त जंग पाण्डे, नेकपा एमाले सुर्यगढिका नेता रमेश विश्वकर्मा, समीर तमाङ्ग, अनेरास्ववियु नुवाकोटका कार्यालय सदस्य द्वय रघुनाथ अधिकारी, अच्युत धमला लगायत नेताले भेलालाई सम्बोधन गरेका थिए ।
२८ चैत्र २०७७, शनिबार