नयाँ वर्षको दिन प्रधानमन्त्रीले देशबासीको नाममा सम्बोधन गर्दै

तारकेश्वर ३१, चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसर पारेर भोलि बुधबार देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्।

वैशाख १ गते बिहान ८ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणमा सरकारका आगामी कामबारे पनि चर्चा गर्ने तयारी गरेको स्रोतको भनाई छ।