बर्षको अन्तिम दिन आज सुनको मूल्यमा सामान्य गिरावट

तारकेश्वर ३१, चैत । नेपाली बजारमा सुनचाँदीको मूल्यमा वर्षको अन्तिम दिन आज सामान्य गिरावट आएको छ ।

सोमबार प्रति तोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलवार प्रति तोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायीले जनाएको छ ।

त्यस्तै सोमबार प्रति तोला ८९ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको तेजावी सुन आज प्रति तोला ८९ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै मंगलबार चाँदी प्रति तोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।