नेकपा एमालेले लिखु गाउँपालिकामा पार्टी कार्यालय स्थापना गर्ने

नुवाकोट ३१,चैत । नेकपा एमाले ( खनाल माधव समुह)को नुवाकोटको लिखु गाउँपालिकामा मंगलबार पालिका स्तरीय बैठक सम्पन्न भएको छ ।
नेकपा एमाले नुवाकोटका जिल्ला कमिटी सदस्य तथा लिखु गाउँपालिका पार्टी अध्यक्ष प्रदीप प्रसाद पाठक ( सुमन)को अध्यक्षतामा मंगलबार सम्पन्न भएको नयाँ वर्ष २०७८ को शुभकामना आदान-प्रदान गर्दै आगामी वैशाख ११ गते नेकपा एमाले लिखु गाउँपालिका स्तरीय पार्टी कार्यालय उद्घाटन गर्ने कार्यक्रम तय गरेको छ ।
लिखु गाउँपालिकाको वडा नं ५ स्थित अमिलेबाेटमा पार्टी कार्यालय स्थापना गर्न लागिएको हो ।
नेकपा एमालेका जिल्ला अध्यक्ष नारायण प्रसाद खतिवडाको प्रमुख आतिथ्यतामा पार्टी कार्यालयको समुदघाटन हुने नेकपा एमाले लिखु गाउँपालिका स्रोतले जनाएको छ ।
साथै कार्यक्रममा पूर्व सांसद राजेन्द्र पकाश लाेहनी तथा नेकपा एमाले युवा नेता पुर्ण लाल श्रेष्ठले उद्गघाटन कार्यक्रमलाई सम्बोधन गर्नै बताईएको छ ।
मंगलबारको बैठकमा नेकपा एमाले लिखुका नेताहरु जगदिस पाठक ,राम बहादुर ओझा ,हरि पसाद ढकाल लगायतले सम्बोधन गरेका थिए।
३१ चैत्र २०७७, मंगलवार