अनेरास्ववियु केन्द्रिय स्थायी कमिटी सदस्यमा नुवाकोटबाट नेपाली र अधिकारी , सदस्यमा राजन ढकाल सहित ८ जना मनोनित
नुवाकोट ६, वैशाख । अनेरास्ववियु केन्द्रिय कमिटीमा नुवाकोटबाट मात्रै १० जना विद्यार्थीहरु मनोनित भएका छन ।
अनेरास्ववियु केन्द्रिय स्थायी कमिटी सदस्यमा नुवाकोटका सरोज नेपाली र श्याम अधिकारी सहित ८ जना विद्यार्थीहरु केन्द्रीय कमिटी सदस्यमा मनोनित भएका हुन ।
अनेरास्ववियु केन्द्रिय कमिटी सदस्यमा नुवाकोटबाट राजन ढकाल, ओम प्रकाश श्रेष्ठ, सुजन कार्की,रुपक रिजाल, विशाल केसि , देवेन्द्र तामाङ, प्रल्हाद पाठक र निखिल उप्रेती मनोनित भएका छन ।
अनेरास्ववियुको गत चैत १० गतेको राष्ट्रिय भेलाले उनिहरुलाई चयन गरेको हो ।
निखिल उप्रेती
रुपक रिजाल
ई.सुजन कार्की
विशाल केसी
देबेन्द्र तामाङ
६ बैशाख २०७८, सोमबार