एकसय भन्दा बढी गिद्ध मृत फेला

तारकेश्वर ८,वैशाख । पश्चिम नवलपरासीको सदरमुकाम परासीको जितपुरमा विश्वमा लोपोन्मुख अवश्थामा पुगेका सयभन्दा बढी सङ्ख्यामा गिद्ध मृत फेला परेका छन् ।

पश्चिम नवलपरासीको सदरमुकाम रामग्राम नगरपालिकाको वार्ड नम्बर ४ स्थित जितपुरको खुला मैदानमा एक सयभन्दा बढी सङ्ख्यामा गिद्ध मृत फेला परेको हो ।

रामग्राम नगरपालिकाको वार्ड नम्बर ४ स्थित जितपुरको पाल्ही क्याम्पस पछाडिको खुला मैदानमा मैदान नै भरिने गरी एक सयभन्दा बढी सङ्ख्यामा गिद्ध बुधवार बिहान मृत अवस्थामा फेला परेको स्थानियले बताएका छन । यति धेरै सङ्ख्यामा गिद्धको मृत्यु कसरी भयो खुल्न सकेको छैन ।

खुला मैदान बीचमा एउटा कुकुर मरेको देखिएको आधारमा यो कुकुरलाई विष खुवाएर मारिएको र यसैको मासु गिद्धले खाएपछि गिद्धहरु मरेको हुन सक्ने अनुमान गरिएको भए पनि यति धेरै गिद्धको मृत्यु कसरी भयो भन्ने खुल्न सकेको छैन ।