बेलकोटगढी नगरमा वडाध्यक्षबाटै मनोमानी सालको रुख काटियो, नगर र वन कार्यालय बेखबर 

नुवाकोट १९, वैशाख । नुवाकोटको बेलकोटगढी नगरपालिकामा सालको रुख मनोमानी ढंगले वडाध्यक्ष बाटै काटिएको छ ।

बेलकोटगढी नगरपालिकाको वडा नं १२ का वडाध्यक्ष डिल्लीराम सिलवालले आफ्नै निर्देशनमा सार्वजनिक जग्गाको सालको रुख काटेका छन ।

बेलकोटगढी नगरपालिकाको वडा नं १२ स्थित कुवापानी भन्ने ठाउँमा पनीको मुहाननै मासिने गरि स्वयं वडाध्यक्षको रोहबरमा सालको रुख काटिएको हो ।

वडाध्यक्षले सबै सुकेको रुख र ढलेको रुख मात्र काटको बताईरहेका छन् भने सुकेको रुखसँगै हरियो रुख पनि काटेको दावी गरेका छन्।

वडाध्यक्ष सिलवाल समाजले पुर्खाौदेखी पानी खाँदै आएको कुवा नै मासिने गरि सालको रुख काटेको र रुख काट्दा स्थानियस्तरमा सरसल्लाह नै नगरि सार्वजनिक सुनुवाई नै नगरेको आरोप लगाएका छन् ।

उता वडाध्यक्ष भने उक्त रुख वडा कार्यालयको भवन र विद्यालयको भौतिक पूर्वाधार निर्माणको लागि प्रयोग गरिने बताइरहेका छन् ।

७ ओटा रुख काट्दा नगरपालिका र वन कार्यलय बेखबर

कुवापानीमा वडाध्यक्षको मिलेमतोमा ७ ओटा रुख काट्दा सम्म पनि नगरपालिका र वन कार्यलय भने बेखबर रहेको पाइएको छ ।

वडा कार्यालयले रुख काट्ने निर्णय गरेर नगरपालिका र जिल्ला वन कार्यालय नुवाकोटलाई परिपत्र गरेको भएपनि उक्त परिपत्र सम्बन्धित ठाउँमा नपुगेको कुरो स्वयं वडाध्यक्षले बताईरहेका छन् ।

वडाले जिल्ला वन कार्यालय र नगरपालिकालाई काटेको चिठ्ठी वडाको कर्मचारी विरामी भएकोले सम्बन्धित ठाउँमा नपुगेको वडाध्यक्ष बताउँछन्।

हामीले नगरपालिका र जिल्ला वन कार्यालयलाई परिपत्र गरेका छौँ तर चिठ्ठी नपुगेको मात्रै हो हामीले रुख काटिसकेका छौं , रुख त्यहीँ छ । ” वडाध्यक्ष सिलवालले भने

एक जिम्मेवार व्यक्ति स्वयं वडाध्यक्षले यस्तो कुरा गर्नु आफैंम एक लज्जास्पद देखिन्छ । वडाको चिठ्ठी सम्बन्धित ठाउँमा नपुग्दै रुख काटिएको हो ।

कुवापानीमा सार्वजनिक जग्गामा रहेको सालको रुख काट्ने बारे वन कार्यालयलाई कुनै परिपत्र नआएको जिल्ला वन कार्यालय नुवाकोटका सुचना अधिकारी रमेश दुलालले तारकेश्वर अनलाइनलाई जानकारी दिए।

वडा नं १२ का वडाध्यक्ष सिलवाल केही समयअघि पनि ठुलो मात्रामा अबैध सालका काठ पटक पटक कागजपत्र मिलाएर तस्कर गरेको विवादमा तानिएका थिए ।

१९ बैशाख २०७८, आईतवार