आन्तरिक र अन्तर्राष्ट्रिय उडान रोक लगाउने सरकारको निर्णय
तारकेश्वर २०, वैशाख । आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा समेत रोक लगाउने निर्णय गरको छ ।
आईतबार बसेको मन्त्रिपरिषद्को बैठकले सोमबार (आज) मध्यरात देखि आन्तरिक उडान र २२ बैशाख मध्यरात देखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले भने वैशाख २० गते मध्यरातदेखि आन्तरिक उडान र वैशाख २२ गते मध्यरातदेखि सबै अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको छ । यो निर्णय हाललाई बैशाख मसान्तसम्मका लागि तोकिएको छ ।
सरकारले संक्रमण बढदै जाँदा विभिन्न जिल्लामा लकडाउन गर्दै स्थलमार्गबाट चल्ने यातायात बन्द गरेको छ ।
जनस्वास्थ्यका विज्ञहरुले भने हवाई उडानमा पनि रोक लगाउन पर्ने बताउँदै आएका थिए । सोही सुझाव अनुसार नै यो निर्णय गरिएको मन्त्री गुरुङले बताए ।