नुवाकोटको विदुर नगरपालिकादारा त्रिशूली अस्पताललाई २ थान भेन्टिलेटर हस्तान्तरण
नुवाकोट-विदुर नगरपालिकाले कोभिड–१९ संक्रमणको उच्च जोखिमलाई मध्येनजर गर्दै आज दुईथान भेन्टिलेटर जिल्ला अस्पताल त्रिशुलीलाई हस्तान्तरण गरिएकाे छ ।
विश्वभर फैलिएको महामारिसंगै जिल्लामा दिनप्रतिदिन कोरोनाका विरामीहरुको चाप बढ्दै गएका कारण हाल दुईथान भेन्टिलेटर अपुग भएको जानकारी जिल्ला अस्पतालले गराए पश्चात तत्काल निरीक्षणमा पुगेका विदुर नगरपालिकाका प्रमुख सन्जु पण्डितले विरामिहरुको सहजताका लागि दुईथान भेन्टिलेटर उपलब्ध गराएका छन्।
कोभिड–१९ को संक्रमणले विरामीहरु दैनिकरुपमा बढीरहेको कारण भेन्टिलेटरमा राख्न पर्ने अवस्था धेरै नै देखिएको हुनाले दुई थान भेन्टिलेटर आवश्यक भएको भन्ने सुचना प्राप्त हुदाँ तत्काल नगरपालिकावाट भेन्टिलेटर खरिद गर्ने प्रक्रिया सुरु गरिएएकाे दुई दिनमै हस्तान्तरण गर्न पाउँदा काेराेनाका विमारीहरुलाई सहज हने नगर प्रमुख सन्जु पण्डितले जानकारी दिनुभएको छ । नगर प्रमुख पण्डितका अनुसार करिव रु, ५५ लाख ९३ हजार पाँच सय रूपैयाँ मूल्य बराबरको दुईथान भेन्टिलेटर अस्पतालमा रहेकै मापदण्ड र उहीँ कम्पनीको खरिद गरिएकाे समेत उहाँले बताउनु भयाे ।
उहाँ भन्नु हुन्छ “आफनो जिल्लाबासि लगाएत छिमेकी जिल्ला रसुवा र धादिङ्का विरामीहरु उपचारका लागि आउने हुनाले कोही पनि कोरोनाका विरामीहरु अक्सिजन र भेन्टिलेटरको अभावले कसैलेपनि ज्यान गुमाउन नपरोस भन्ने मुख्य उदेश्यले भेन्टिलेटर उपलब्ध गरिएकने हो” । त्रिशुली अस्पताल लगाएत स्वास्थ्य संस्थाहरुमा पनि भेन्टिलेटर र अक्सिजन लगाएतका स्वास्थ्य सामाग्रीको अभाव हुन नदिन विदुर नगरपालिका सधै कटिवद्ध रहेको समेत उहाँले जानकारी दिनुभएको छ ।
आज त्रिशूली अस्पतालमा आयोजित एक संक्षिप्त कार्यक्रमका बिच नगरपालिकाका प्रमुख पंडितले अस्पताल संचालन तथा ब्यवस्थापन समितिका अध्यक्ष अर्जुन न्यौपानेलाई दुई थान भेन्टिलेटर हस्तान्तरण गरेका छन् । देशभरका अस्पतालहरुमा भेन्टिलेटरको अभावका कारण कोरोना संक्रमितहरुको उपचारमा समस्या देखिईरहेका बेला त्रिशूली अस्पतालमा शनिवार प्राप्त दुईसहित ६ वटा भेन्टिलेटरको उपलब्धता संगै अव नुवाकोट,रसुवा र धादिङका बिरामीहरुको जीवनरक्षामा महत्वपूर्ण उपलब्धि हासिल हुने अस्पताल ब्यवस्थापनको बिश्वास छ ।
आज त्रिशूली अस्पतालमा आयोजित एक संक्षिप्त कार्यक्रमका बिच बिदुर नगरपालिकाका प्रमुख सञ्जु पंडितले अस्पताल संचालन तथा ब्यवस्थापन समितिका अध्यक्ष अर्जुन न्यौपानेलाई दुई थान भेन्टिलेटर हस्तान्तरण गरेका हुन् । देशभरका अस्पतालहरुमा भेन्टिलेटरको अभावका कारण कोरोना संक्रमितहरुको उपचारमा समस्या देखिईरहेका बेला त्रिशूली अस्पतालमा शनिवार प्राप्त दुईसहित ६ वटा भेन्टिलेटरको उपलब्धता संगै अव नुवाकोट,रसुवा र धादिङका बिरामीहरुको जीवनरक्षामा महत्वपूर्ण उपलब्धि हासिल हुने अस्पताल ब्यवस्थापनको बिश्वास छ ।
त्यसक्रममा नगरप्रमुख पंडितले बर्तमान समयमा नागरिकको जीवनरक्षा भन्दा अन्य बिषय प्राथमिकतामा नरहेको र स्वास्थ्य संस्थाहरुको सवलीकरणबाट मात्र नागरिकको जीवनरक्षा गर्न सकिने भएकाले तत्कालको प्रमुख आवश्यकताको रुपमा रहेको भेन्टिलेटर उपलब्ध गराईएको बताउँदै कोरोना संक्रमण रोकथाम र नियन्त्रण गरि नागरिकको जीवनरक्षाका लागि आवश्यक सबै उपाय अवलम्वन गर्न नगरपालिका तयार रहेको प्रतिबद्धता ब्यक्त गरेका छन् ।
सोही कार्यक्रममा नगरपालिकाकी उपप्रमुख गीता कुमारी दहालले उपचारका लागि आवश्यक उपकरणहरुको अभावमा नागरिकले जीवन गुमाउनु पर्ने अवस्थाको अन्त्यका लागि सबैको ऐक्यबद्ध प्रयत्न र समन्वयकारी भुमिका आवश्यक रहेकोमा जोड दिईन् । कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलाल र त्रिशूली अस्पताल संचालन तथा ब्यवस्थापन समितिका अध्यक्ष न्यौपानेले नगरपालिकाले उपलब्ध गराएको भेन्टिलेटरका कारण कोरोना संक्रमितहरुको उपचारमा महत्वपूर्ण उपलब्धि हासिल हुने बिश्वास ब्यक्त गर्दे सबैको समन्वयात्मक प्रयासबाट मात्र कोरोना बिरुद्धको लडाईमा सफलता प्राप्त हुने धारणा ब्यक्त गरेका छन् ।
त्यसक्रममा अस्पतालका मेडिकल सुपेरिण्टेण्डेण्ट डाक्टर दिपेन्द्र पाण्डेले दिएको जानकारी अनुसार कोरोना संक्रमितहरुको उपचारका लागि अस्पतालमा ६ वटा आईसियु र ४ वटा एचडियुसहित ८० वटा बेड तयारी अवस्थामा छ भने हाल ५५ जनाको उपचार भईरहेको छ । त्यसमध्ये ६ जनाको आईसियुमा राखेर उपचार भईरहेको छ भने हालसम्म रसुवा, धादिङ र नुवाकोटका २÷२ जना गरि ६ जनाको मृत्यु भईसकेको छ ।