बिहीबार मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं, ६ जेठ । बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।
एमाले स्थायी समिति बैठक सकिएपछि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने बताइएको छ ।
बैठकमा बजेट अधिवेशन बोलाउने, प्रधानमन्त्रीले प्रतिनिधिसभाको विश्वासको मत लिने लगायतका विषयमा छलफल हुने जनाइएको छ ।
प्रधानमन्त्री ओलीले बालुवाटारमै पार्टी स्थायी समिति बैठक २ बजेका लागि बोलाउनुभएको छ ।