घट्यो सुनको मूल्य

काठमाडौं, ७ जेठ । नेपाली बजारमा सुनको मूल्यमा शुक्रबार गिरावट आएको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९३ हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा चार सयले घटेको हो । बिहिबार सुनको मूल्य तोलामा चार सयले बढेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १३५० रहेको महासंघले जनाएको छ ।