बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौं,१६ जेठ । नेपाली बजारमा सुनको मूल्यमा आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९३ हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा दुई सयले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य बढेर तोलामा १३५५ पुगेको महासंघले जनाएको छ ।

 

१६ जेष्ठ २०७८, आईतवार