पत्रकार थपलियाको पहलमा शिवपुरी आधारभुत अस्पताललाई अक्सीजन कन्सनटेटर सहित स्वास्थ्य सामग्री हस्तान्तरण

प्रविण थपलिया । नुवाकोट , काठमाडौंको बुढानिलकण्ठ स्थीत बोधीसत्वा विहारको सहयोगमा नुवाकोटको शिवपुरी गाँउपालीका स्थीत शिवपुरी आधारभूत अस्पतालका लागि ३ थान अक्सीजन कन्सनटेटर सहित २ लाख रुपयाँ बराबरको कोभिड रोकथाम तथा उपचारको लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री सहयोग हस्तान्तरण गरिएको छ ।
शिवपुरी मिडिया नेटवर्कका अध्यक्ष तथा सगरमाथा पोष्ट डट कम का सम्पादक रबिन प्रसाद थपलियाको विशेष पहलमा उपलब्ध उक्त स्वास्थ्य सामग्री आज गाँउपालीकाका अध्यक्ष रामकृष्ण थापा, प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, वडा नं ६ का अध्यक्ष लालबहादुर तामाङ, शिवपुरी गाँउपालीकाका स्वास्थ्य शाखा प्रमुख उद्धब कार्की, गाँउपालीकाका कर्मचारीहरु, शिवपुरी सामुदायीक बिधालय महासंघका अध्यक्ष हरी दुलाल सहितको उपस्थीतिमा पत्रकार थपलियाले शिवपुरी आधारभुत अस्पताललाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।
शिवपुरी आधारभूत अस्पतालका लागि हस्तान्त्रण गरेको स्वास्थ्य सामग्रीहरुमा अक्सिजन कन्सन्ट्रेटर ३ थान, पिपीई ५० पिस, थर्मल गन १ थान, पल्स अक्सीमिटर १ थान, केएन माक्स ५० पिस, सर्जीकल माक्स २ सय पिस, सर्जिकल ग्लोभ्स ५० पिस, टप ग्लोभस २०० पिस, हायल्ड वास २० लिटर, सेनिटाइजर २० थान, फिनेल २० लिटर, हापीक १० लिटर, फेस सिल्ड ५० थान, चस्मा ५० थान, ग्लुकोमिटर १ पिस, स्पाइरो क्लायन १ पिस रहेको शिवपुरी गाउँपालिकाले जनाएको छ ।
स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा बोल्नुहुँदै शिवपुरी गाउँपालिकाका अध्यक्ष श्री रामकृष्ण थापाले सिमित श्रोत साधनका बिच पनि शिवपुरी आधारभुत अस्पतालले कोरोनाका बिरामीहरुको उपचारका निम्ती उल्लेखनीय काम गरेको बताँउदै बोधिसत्व बिहार मार्फत उपलव्ध भएको स्वास्थ्य सामग्रीले बिरामीको उपचारमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा अध्यक्ष थापाले स्वास्थ्य सामग्री सहयोग गर्ने बोधिसत्व बिहार र पहल गर्ने पत्रकार थपलिया प्रति धन्यवात व्यक्त गर्नुभयो ।
सो अवसरमा शिवपुरी मिडिया नेटवर्कका अध्यक्ष तथा सगरमाथा पोष्ट डट कमका सम्पाद पत्रकार रबिन प्रसाद थपलियाले बोधिसत्वा बिहारले नेपालमा कोरोना महामारीका समयमा करोडौ रुपयाँ बराबरका स्वास्थ्य सामग्रीहरु बितरण गरिरहेको बताँउदै उक्त सामग्री कोभिड रोकथाम तथा उपचारको लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
बोधीसत्वा विहारले कोरोनाको महामारीमा स्वास्थ्य सामग्रीहरु तथा अपाङ्गता भएका व्यक्तिहरु, गरिबीमा रहेका समुदायहरुलाई बिभिन्न किसिमको सहयो गदै आइरहेको बोधिसत्व बिहारका नेपाल च्यारीटी प्रमुख, समाजसेवी शान्ता शर्माले बताउनुभयो ।
त्यस्तै बोधिसत्व बिहारको सहयोगमा पत्रकार थपलियाले शिवपुरी चेकपोष्ट स्थीत नेपाली सेनालाई सेनिटाइजर १० लिटर, माक्स लगायत स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको बताउनुभयो ।