माधव-झलनाथ निकट युवा संघद्वारा प्रधानमन्त्री ओलीको राजिनामा माग

नुवाकोट, १ असार । नेकपा एमाले माधव-झलनाथ समुह निकट युवा संघ बाग्मती प्रदेश कमिटीले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको अध्यक्ष्यता र प्रधानमन्त्री पदबाट राजिनामा दिनुपर्ने माग गरेको छ ।

‘एक व्यक्ति एक पदलाई कायम गरी अध्यक्ष तथा प्रधानमन्त्री कमरेड केपी ओली लाई अध्यक्ष वा प्रधानमन्त्री पदबाट राजिनामा दिएर पार्टी एकताको पक्षमा उभिन र आम कार्यकर्तामा पार्टी एकताको सन्देश प्रवाह गर्नका लागि प्रेस विज्ञप्ति मार्फत माग गरेको युवा संघ बाग्मती प्रदेश ईन्चार्ज तथा केन्द्रीय उप-महासचिव राेशन थापाले बताए ।

साथै विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड-१९ को सङ्क्रमणको उपचार तथा नियन्त्रणको लागि आवश्यक खोपको व्यवस्था गर्न सरकार समक्ष अनुरोध गरेको थापाले बताए ।