नेपाल स्काउटको उपत्यकाका पालिका संयोजक र सदस्यहरुले लिए सपथ
मेनुका कार्कि/ नविना श्रेष्ठ तारकेश्वर असार २८ नेपाल स्काउटको उपत्यकाका पालिका संयोजक र सदस्यहरुले सपथ ग्रहण लिएका छन। कार्यक्रममा काठमाण्डौ उपत्यका भित्रका सबै पालिकाका नियुक्त संयोजक र सदस्यहरूले समेत पद तथा गोपनीयताको सपथ लिएका हुन ।
युवा तथा खेलकुद मन्त्री श्री कृष्णगोपाल श्रेष्ठले नेपाल स्काउटको प्रमुख स्काउटको रुपमा दिक्षा ग्रहण गरेका थिए । राष्ट्रीय सभागृह काठमाण्डौमा आयोजित एक बिशेष समारोहका विच मन्त्री श्रेष्ठले प्रमुख स्काउटको दिक्षा लिएका हुन । नेपाल स्काउटका राष्ट्रिय संयोजक श्री लोक बहादुर भण्डारीले प्रमुख स्काउट मन्त्री श्रेष्ठलाई दिक्षित गराएका थिए।
कार्यक्रममा निर्देशनात्मक मन्तव्य राख्दै प्रमुख स्काउट मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल स्काउट अब बिकासको गतिमा दौडीएको र अब कसैले यो गति रोक्न नसक्ने बताउदै देशका सबै बिध्यालयमा स्काउट शिक्षा सुरु गर्न जस्तोसकै सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा आफ्ना भनाई राख्दै राष्ट्रिय संयोजक भण्डारीले आफ्नो कार्याकालमा नेपाल स्काउटमा अधिकतम सांगठनिक सुधार र स्काउटिङ्ग विस्तार भएको जानकारी दिएका थिए। उनले लामो समयको संक्रमण पछि नेपाल स्काउटलाई स्थीरता तर्फ अग्रसर गराउन आफु लागिरहेको र यस अभियानमा नवनियुक्त प्रमुख स्काउटको अधिकतम् साथ र सहयोगको अपेक्षा व्यक्त रहेको धारणा राखेका थिए।
कार्यक्रममा मन्तव्य राख्दै युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपानेले देशको समृद्धीको सारथी नेपाल स्काउट बनेको र आफ्नो मन्त्रालय मातहत रहेका निकाय मध्य नेपाल स्काउट अग्रस्थानमा रहेको बताएका थिए ।



