नागार्जुन नगरपालिकामा ज्येष्ठ नागरिकहरुको नि:शुल्क मोतिबिन्दु शल्यक्रिया गर्ने

काठमाडौँ, श्रावण ५  नागार्जुन नगरपालिकामा ज्येष्ठ नागरिकहरुको नि:शुल्क मोतिबिन्दु शल्यक्रिया गरिने सार्वजनिक सुचना मार्फत जानकारी गराइएको छ। नगर प्रमुख मोहन बहादुर बस्नेतले जारी गरेको उक्त सुचनामा नागार्जुन नगरपालिकाको आर्थिक सहयोगमा फेमिली केयर क्लिनिक द्वारा माट्रिका आँखा अस्पतालमा नागार्जुन नगरपालिकामा बसोबास गर्ने ज्येष्ठ नागरिकहरुको नि:शुल्क मोतिबिन्दु शल्यक्रिया गर्ने कार्य मिति २०७८ साल असार २२ गते र २०७८ साल असार ३० गते सम्पन्न भएको जानकारी गराइएको छ।