हिमालयका भुतपुर्व विधार्थीले गरे शैक्षिक तथा स्वास्थ्य सामाग्री प्रदान

काठमाडौ भदौ २८ सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै आज श्री हिमालय आधारभुत बिधालयका भूतपूर्व बिध्यार्थीहरुको एक समुहले आफ्नो बिध्यालयलाई केही शैक्षिक तथा स्वास्थ्य सामाग्रीहरु बितरण गरेकाछन ।

मकवानपुरको थाहा नगरको वडा नं -६ स्थित लामिडाँडामा रहेको प्रा.वि तहको सो विधालयलाई अहिलेको कोरोना महामारीलाई मध्यनजर गर्दै उक्त समुहले माक्स सेनिटाइजर लगायत कापी कलम पेन्सिल लगायात अन्य शैक्षिक सामाग्रीहरु बिधालयका प्र .अ रन्जना रसाइली समक्ष हस्तान्तरण गरेको हो ।

उक्त समुहका सो कार्यक्रमको हौसला स्वरुप सेन्चुरी कमर्सियल बैंक बज्रबाराही शाखाका प्रबन्धक तथा सोही विधालयका भूतपूर्व विधार्थी राधाकृष्ण लामीछानेले समेत आर्थिक सहयोग गर्नु भएको थियो।

सहयोग हस्तान्तरण कार्यक्रमको बारेमा जानकारी दिदैँ आफूले पढेको बिधालयलाई केही सहयोग गरौँ न त भन्ने र बिधालयमा नियमित भाईबैनीहरु आउन भन्ने अभिप्रायले यस्तो सहयोग कार्यक्रम राखेको र अन्य कार्यक्रमहरु समेत निकट भविष्यमा गर्दै जाने समेत समुहका एक सदस्य रोजित सिंह ठकुरीले बताए ।