टोखामा बाल दिवसको सन्दर्भमा मावि स्तरीय अन्तर विद्यालय बक्तृत्वकला प्रतियोगिता सम्पन्न

काठमाडौ भदौ २८ सामान्य अवस्थामा वा काेभिड महामारी : बाल अधिकारको संरक्षण हामी सबैको जिम्मेवारी ” भन्ने यस वर्षको राष्ट्रिय बाल दिवसको नारा सार्थक पार्ने उद्देश्यले  टाेखा नगरपालिकाको आयोजनामा महिला तथा बालबालिका शाखाको संयोजकत्वमा राष्ट्रिय बाल दिवस २०७८ सन्दर्भमा आयोजित अन्तर विद्यालय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

“बाल मैत्री शासन बाल अधिकारको सम्मान ” विषयक मावि स्तरीय अन्तर विद्यालय बक्तृत्वकला प्रतियोगिता आज टाेखा नगरपालिका वडा न ५ को हेराल्ड कलेज बसुन्धरामा सम्पन्न भएको छ ।

 

कार्यक्रममा टाेखा नगरपालिका प्रशासकिय अधिकृत प्रकाश आचार्यले स्वागत मन्तव्य राख्नुभएको थियो ।बक्तृत्वकला प्रतियोगिता कार्यक्रमको सभाअध्यक्ष टाेखा नगरपालिकाकी उप प्रमुख ज्ञानमाया डंगोलले कार्यक्रमको उद्घाटन गर्नुभएको थियोे ।

नेपालले बालअधिकार सम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बाल सहभागिता जस्ता विषयमा आफ्नो अन्तराट्रिय प्रतिवद्धता व्यक्त गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ।

टाेखा नगरपालिकाद्वारा आयोजित अन्तर विद्यालय बक्तृत्वकलाको निर्णायक मण्डलमा पद्म कन्या कलेजका सह- प्राध्यापक डा.शैलेन्द्र प्रकाश नेपाल,टाेखा नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम गौतम र टाेखा नगर कार्यपालिका सदस्य कल्पना घिमिरे लगायतको निर्णायक टाेलिले टाेखा नगरपालिका वडा १ बाैडेश्वर माविका श्रेया अधिकारीले ९८ अंक सहित प्रथम,टाेखा नगरपालिका वडा ७ तिलिंगटार मावीका कृति मिश्र ९७ अंक सहित द्वितीय , टाेखा नगरपालिका वडा ५ बि एन एकेडेमीका आदित गुरुङ ९६ अंक सहित तृतीय र टाेखा नगरपालिका वडा ३ अमर मावीका सजिया अर्याल ९४अंक सहित चौथो सान्त्वना पुरस्कार घोषित भएका गरेका छन् ।

यहि भाद्र २९ गते राष्ट्रिय बाल दिवस २०७८ सन्दर्भमा आयोजित अन्तर विद्यालय बक्तृत्वकलामा टाेखा नगरपालिका भरिका २१ विद्यालयको सहभागिता रहेकोे बक्तृत्वकलामा कक्षा ७ देखि कक्षा ९ सम्मका प्रतियोगिहरुको प्रतिस्पर्धामा ४९ जना विद्यार्थीहरुले भाग लिएका थिए ।बक्तृत्वकलामा प्रथम भएकालाई नगद १० हजार सहित प्रमाणपत्र , द्वितीय हुनेलाई ७ हजार सहित प्रमाणपत्र, तृतीयलाई ५ हजार नगद सहित प्रमाणपत्र र चौथो हुनेलाई ३ हजार सान्त्वना पुरस्कार  भाद्र २९ गते राष्ट्रिय बाल दिवस २०७८ को अवसरमा टाेखा नगरपालिका वडा न ५ को हेराल्ड कलेज बसुन्धरामा पुरस्कार वितरण गरिने कार्यक्रम रहेको टाेखा नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले बताउनुभयो।

”सामान्य अवस्थामा वा काेभिड महामारी : बाल अधिकारको संरक्षण हामी सबैको जिम्मेवारी ” भन्ने यस वर्षको राष्ट्रिय बाल दिवसको नारा सफल पार्न टाेखा नगरपालिकाको आयोजनामा महिला तथा बालबालिका शाखा संयोजकत्वमा राष्ट्रिय बाल दिवस २०७८ सन्दर्भमा आयोजित अन्तर विद्यालय बक्तृत्वकला प्रतियोगिताको माध्यमबाट “बाल मैत्री शासन, बाल अधिकारको सम्मान ” विषयमा बहस गरि बाल अधिकारको विषयमा सु–सुचित गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको टाेखा नगरपालिका उपप्रमुख ज्ञानमाया डंगोल बताईन।

नगरपालिकाले आयोजना गरेको अन्तर विद्यालय बक्तृत्वकला प्रतियोगिता सफल पार्न सहभागिता जनाउनु हुने टाेखा नगरपालिकाका विभिन्न  विद्यालयका प्रधानाध्यापकहरु , शिक्षक शिक्षिका, विद्यार्थीभाइबहिनीहरु , जनप्रतिनिधिहरु , कार्यपालिकाका सदस्यहरु , स्थानीय बाल अधिकार समितिका सदस्यहरु , नगर बाल संजाल , वडा बाल संजालका क्रियाशिल सदस्यहरु र सम्पुर्ण आगन्तुक अतिथिहरुलाई टाेखा नगर उपप्रमुख ज्ञानमाया डंगोलले आफ्नो व्यक्तिगत तर्फबाट र टाेखा नगरपालिकाको तर्फबाट हार्दिक आभार प्रकट गर्नुभयो।

टाेखा नगरपालिकाकी उप प्रमुख ज्ञानमाया डंगोलको सभापतित्वमा सम्पन्न भएको बक्तृत्वकला प्रतियोगिता प्रधानाध्यापक टंक कुमार चापागाईंले संचालन गर्नुभएको कार्यक्रममा टाेखा नगरपालिका प्रशासकिय अधिकृत प्रकाश आचार्य,विशिष्ट अतिथि टाेखा नगरपालिका ५ का वडाध्यक्ष जगन्नाथ ढकाल , टाेखा नगरपालिका ९ का वडाध्यक्ष जोगप्रसाद नेपाल , टाेखा नगरपालिका १० का वडाध्यक्ष मधुसूदन पाण्डे ,प्राध्यापक डा.शैलेन्द्र प्रकाश नेपाल,टाेखा नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम गौतम र टाेखा नगर कार्यपालिकाका सदस्य कल्पना घिमिरे लगायत कार्यपालिकाका सदस्यहरु , टाेखा नगरपालिका ३ का वडा सदस्य हरिमान श्रेष्ठ , टाेखा नगरपालिकाका कानुनी सल्लाहकार बेखा नारायण डंगोल ,स्थानीय बाल अधिकार समितिका पदाधिकारीहरु, वडा बाल संजालका प्रतिनिधिहरु , बाल अधिकार कर्मीहरु,विभिन्न विद्यालयका प्रधानाध्यापकहरु ,शिक्षक शिक्षिका र विद्यार्थी भाइबहिनीहरुको उपस्थिति रहेको थियो।