नेकपा एमाले लिखुले असोज २ गते वडा भेला तथा मन्त्रीलाई स्वागत कार्यक्रम गर्ने

काठमाडौ भदौ २८ नुवाकोटमा नेपाल कम्युनिस्ट पाटि एमाले लिखु गाउँपालिकाले वडा न ६ को वडा भेला कार्यक्रम असोज २ गते हुने भएको छ। भेलामा नुवाकोट बाट बागमती प्रदेसमा मन्त्री भएका भौतिक पुर्वाधार विकास मन्त्री केशव पाण्डे ,भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री बद्री मैनालीलाई स्वागत तथा सम्मान गर्न कार्यक्रम रहेको छ।                                                                                                                                                      वडा भेला लिखु गाउँपालिका वडा न ६ छहरे बजारमा होटल सुस्वास्थ्यमा ११ बजे कार्यक्रम हुनेछ । कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेसका भौतिक पुर्वाधार विकास मन्त्री केशवराज पाण्डे विशेष अतिथि भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री बद्री मैनाली रहेको नुवाकोटका एमाले जिल्ला  नेता दिपेश भेटुवालले जानकारी दिए।

२८ भाद्र २०७८, सोमबार