टोखा नगरपालिकाले मनायो राष्ट्रिय बाल दिवस

काठमाडौ भदौ ३० सामान्य अवस्थामा वा काेभिड महामारी : बाल अधिकारको संरक्षण हामी सबैको जिम्मेवारी ” भन्ने यस वर्षको राष्ट्रिय बाल दिवसको नारा अनुरुप आज टाेखा नगरपालिकाको आयोजनामा महिला तथा बालबालिका शाखा, शिक्षा तथा खेल शाखाको संयोजकत्वमा राष्ट्रिय बाल दिवस २०७८ को अवसरमा टाेखा नगरपालिका वडा न ५ को हेराल्ड कलेज बसुन्धरामा पुरस्कार वितरण तथा सम्मान समारोह सम्पन्न भएको छ।

कार्यक्रमको पहिलो सत्रमा बाल संजालका सदस्य असल कृष्ण दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो । भाइबहिनीहरुले संचालन गरेको कार्यक्रममा बालबालिकाबाट ब्यानर पढि उद्घाटन गरेको थियोे । सामुहिक राष्ट्रिय गानद्वारा शुभारम्भ गरिएको कार्यक्रममा टाेखा नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले स्वागत मन्तव्य राख्दै बालबालिका भविष्यका कर्णधार हुन् भन्दै उनीहरुलाई असल शिक्षा दिन आमाबुवा, छरछिमेक र समुदायको पनि महत्वपूर्ण भुमिका रहेको बताउनुभयो।

कार्यक्रममा भाइबहिनीहरुले नृत्य प्रतियोगितामा उत्कृष्ट भएको आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

राष्ट्रिय बाल दिवस २०७८ सन्दर्भमा आयोजित अन्तर विद्यालय बक्तृत्वकलामा प्रथम हुन सफल टाेखा नगरपालिका वडा १ बाैडेश्वर माविका श्रेया अधिकारीले आफ्नो मन्तव्य राखेका थिए ।

पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा सामुदायिक विद्यालयको तर्फबाट टाेखा नगरपालिका वडा ७ को तिलिग टार माविका प्रधानाध्यापक सरोज कुमार पाण्डे , संस्थागत विद्यालयको तर्फबाट टाेखा नगरपालिका वडा ५ स्थित बिएन एकेडेमीका प्रधानाध्यापक टंक कुमार चापागाईंले बाल अधिकारको सुनिश्चितता सम्बन्धि चर्चा गर्नु भएको थियोे ।

कार्यक्रममा साहित्यकार टाेखा नगरपालिका वडा ८ का वडा सदस्य तथा साहित्यकार चन्द्रावती न्यौपानेले तिज गित र कविता बाचन गर्नु भएको थियो ।

टाेखा नगरपालिका ९ का वडाध्यक्ष जोगप्रसाद नेपालले टाेखा नगरपालिकाले बाल अधिकार बाल मैत्रीपुर्ण रणनीति अनुरुप रुपान्तरण गरिरहेका बताए ।
बालबालिकालाई असल शिक्षादिक्षा दिन आमाबुवा, छरछिमेक र समुदायको पनि महत्वपूर्ण हात रहेको बताए।

अतिथि टाेखा नगरपालिका उपप्रमुख ज्ञानमाया डंगोलले कार्यक्रममा मानिसहरुले एक दिन बाल दिवस मनाएर के नै हुन्छ र भनी तर्क गर्ने गरेको बताउदै एक दिन दिवस मनाउँदैमा आमूल परिवर्तन भइहाल्छ भन्ने होइन, तर दिवसहरू मनाइने त्यो एक दिन भनेको सम्बन्धित विषयमा केन्द्रित रहने, भएका प्रयासको समीक्षा गर्ने र नयाँ प्रतिबद्धता सहित कार्यान्वयनमा जाने अवसर भएको बताइन।नगर उपप्रमुख ज्ञानमाया डंगोलले बालबालिकाको हकहित, संरक्षण तथा संवर्द्धन गर्नका लागि तीनै तहका राज्यका संरचना, अभिभावक, विद्यालय र समग्र समाजको भूमिका अपरिहार्य हुने भएकोले यसका लागि बालमैत्री नीति तथा कार्यक्रम बनाउन बालअधिकारको पक्षमा काम गर्नुहुने सबै सरोकारवालाहरूले थप प्रतिवद्धता र क्रियाशीलताका साथ बालबालिकाको गुणात्मक विकासमा निरन्तर लाग्नु “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकांक्षा पूरा गर्नमा योगदान पुर्याउन सबैमा आह्वान गरिन।

नेपालले बालअधिकार सम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बाल सहभागिता जस्ता विषयमा आफ्नो अन्तराट्रिय प्रतिवद्धता व्यक्त गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ।

कार्यक्रमको दोस्रो सत्रमा महिला तथा बालबालिका अधिकृत निर्मला रेग्मीले संचालन गर्नुभएको पुरस्कार वितरण कार्यक्रममा अतिथि टाेखा नगरपालिका उप प्रमुख ज्ञानमाया डंगोल,शिक्षा शाखा प्रमुख बाबुराम गौतम,टाेखा नगरपालिका ५ का वडाध्यक्ष जगन्नाथ ढकाल र
टाेखा नगरपालिका ९ का वडाध्यक्ष जोगप्रसाद नेपाल लगायतले संयुक्तरूपमा बाल संजालमा रहि उत्कृष्ट काम गर्ने बाल संजालका १५ जना बालबालिकालाई कदर- पत्रबाट सम्मान गरियो।

नृत्य प्रतियोगितामा प्रथम पृथ्वी मावीका ज्योति तामाङ , द्वितीय बिएन एकेडेमी अस्मि कट्टेल र तृतीय हुने साउथ वेस्टर्न स्कुलका रोस्मा वलि नगद पुरस्कार सहितकदर- पत्र प्रदान गरिएको थियो ।त्यस्तै बाल मैत्री शासन बाल अधिकारको सम्मान ” विषयक मावि स्तरीय अन्तर विद्यालय बक्तृत्वकला प्रतियोगिता प्रथम १ बाैडेश्वर माविका श्रेया अधिकारीलाई नगद रु १० हजार,द्वितीय टाेखा नगरपालिका वडा ७ तिलिंगटार मावीका कृति मिश्रलाई रु ७ हजार , तृतीय टाेखा नगरपालिका वडा ५ बि एन एकेडेमीका आदित गुरुङलाई रु ५ हजार र टाेखा नगरपालिका वडा ३ अमर मावीका सजिया अर्याललाई रु ३ हजार नगद सहित कदर पत्र प्रदान गरिएको थियो ।

 

टाेखा नगरपालिकाले आयोजना गरिएको राष्ट्रिय बाल दिवस २०७८ सन्दर्भमा आयोजित अन्तर विद्यालय बक्तृत्वकलामा टाेखा नगरपालिका भरिका २१ विद्यालयको सहभागिता रहेकोे बक्तृत्वकला प्रतियोगितामा ४९ जना विद्यार्थीहरुले भाग लिएका थिए । प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यालय टिमलाई पनि कदर पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा दोश्रो सत्रमा पुजा तामाङ र युवराज मगरले संचालन गरेको कार्यक्रममा बाल संजालका उपाध्यक्ष पुरुषोत्तम अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।कार्यक्रममा भाइबहिनीहरुले उत्कृष्ट नृत्य पस्केका थिए।

 

बाल संजालका उपाध्यक्ष पुरुषोत्तम अधिकारीले समापन गरेको कार्यक्रममा अतिथि उप प्रमुख ज्ञानमाया डंगोल विशिष्ट अतिथि टाेखा नगरपालिका ५ का वडाध्यक्ष जगन्नाथ ढकाल , टाेखा नगरपालिका ९ का वडाध्यक्ष जोगप्रसाद नेपाल , टाेखा नगरपालिका १० का वडाध्यक्ष मधुसूदन पाण्डे ,टाेखा नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम गौतम महिला तथा बालबालिका अधिकृत निर्मला रेग्मी,टाेखा महिला बालबालिका निरीक्षक बिमला वाग्ले,टाेखा नगर कार्यपालिकाका सदस्यहरु, न्यायपालिकाका सदस्यहरु, टाेखा नगरपालिकाका कानुनी सल्लाहकार बेखा नारायण डंगोल ,स्थानीय बाल अधिकार समितिका पदाधिकारीहरु, वडा बाल संजालका प्रतिनिधिहरु , बाल अधिकारकर्मीहरु,विभिन्न विद्यालयका प्रधानाध्यापकहरु ,शिक्षक शिक्षिका र विद्यार्थीहरुको उपस्थिति रहेको थियो।