नेकपा एकीकृत समाजवादीले काठमाडौ महानगर १६ मा गर्यो वडा कमिटी गठन

काठमाडौ असोज ९ नेकपा एकीकृत सामाजवादीले काठमाण्डौ महानगरपालिका वडा न-१६ वडा कमिटी गठन भएको छ। नेकपा एकीकृत (सामाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा भएको भेलाले लक्ष्मण गमालको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी गठन गरेको हो।

त्यस्तै  केन्द्रीय सदस्य तथा काठमाडौ जिल्ला अध्यक्ष वसन्त मानन्धर, केन्द्रीय सदस्य उदया शर्मा, केन्द्रीय सदस्य तथा सविधान सभा सदस्य प्रभादेवी बज्राचार्य, प्रदेश कमिटी सदस्य द्वय कमला श्रेष्ठ, विष्णु अर्याल र जिल्ला कमिटी सदस्यहरु  हरी दाहाल,हरीशरण घिमिरे, राजु शाक्य, रुपा कट्टेल, मिनबहादुर मानन्धर,नारायणा गमाल, राजेन्द्र भण्डारी, शालिग्राम कट्टेल, विदुर अधिकारी,कृष्णहरी खत्री, हरीकृष्ण श्रेष्ठ लगायतको उपस्थितिमा भएको भेलाले राजु श्रेष्ठको अध्यक्षतामा ५५ सदस्यिय युवा संघ नेपाल ७ नं. क्षेत्रीय कमिटी समेत गठन गरेको छ ।