नेकपा एकीकृत समाजवादीले तारकेश्वर ९ मा गर्यो वडा कमिटी गठन

काठमाडौ असोज ९ नेपाल कम्युनिस्ट पाटि एकीकृत समाजवादीले तारकेश्वर नगरपालिका वडा न ९ मा वडा कमिटी गठन गरेको छ। नेकपा एकीकृत समाजवादी काठमाडौ जिल्ला कमिटी सचिव तथा बागमती प्रदेस सभा सदस्य कुसुम कुमार कार्किको प्रमुख अतिथिमा कमिटी गठन गरेको हो ।  कार्यक्रममा विशेष अतिथि बागमती प्रदेस कमिटी सदस्य बिष्णु प्रसाद अर्याल अतिथिहरु काठमाडौ जिल्ला कमिटी सदस्य राजु बस्नेत राम शरण वाग्ले ,नारायण श्रेष्ठ तारकेश्वर नगर कमिटी अध्यक्ष लब कुमार बस्नेत रहेका थिए।              वडा न ९ मा सानुकान्छा महर्जन अध्यक्ष र सचिव सुर्यलाल महर्जन गरि २१ सदस्यीय वडा कमिटी गठन गरेको वडा सयोजक सानुकान्छा महर्जनले तारकेश्वर अनलाइन जानकारी दिए।