हाम्रो परिवार राम्रो परिवारमा नयाँ कार्यसमिति चयन

काठमाडौ । हाम्रो परिवार राम्रो परिवारको नयाँ कार्यसमिति चयन भएको छ।निर्मला अधिकारको अध्यक्षतामा १५ सदस्यि कार्यसमिति चयन भएको हो।

संस्थाको अध्यक्षमा दिपेन्द्र खण्डका र उपाध्यक्षमा निर्मला लामिछाने,सुनिता श्रेष्ठ,तारा भट्टराई नियुक्त भएका छन्। सचिवमा अनोज पण्डित, सहसचिव अनिता खत्री, कोषाध्यक्षमा सोनि बस्नेत छन्। सदस्यमा निता रोक्का अधिकारी,विना तमाङ्ग,गोपाल सुवेदी, सृजना दोङ्ग,गिता दहाल,राम कार्की,बिन्दा रोक्का,सुमि बस्नेत नियुक्त भएका छन्। नयाँ कार्यसमिति चयन भएपछि शुक्रबार आयोजना गरिएको एक कार्यक्रममा प्रमुख अतिथि रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमलाले प्रविधि क्षेत्रको विकासका लागि संस्थालाइ हरेक सामाजिक कार्यमा कार्यक्रम मैले सहयोग गर्ने बताएका छन्।

संस्था २०७७ मा ‘सूचनाको प्रविधि टिकटकबाट’ हरेक दिन दुखिको सहयोगका काम र कार्यक्रम सार्वजनिक गरेको छ। नवनियुक्त अध्यक्ष खण्डकाले टिकटकको फाइदा र यसबारे दिन दुखिका बिभिन्न घाउमा मलम लगाउने जानकारी पुर्‍याउने बताए।