नेपाल स्काउटले गर्यो सम्पदा साइकल यात्रा कार्यक्रम सम्पन्न

काठमाडौ  असोज १०  नेपाल स्काउटले शनिबार काठमाडौंमा ‘सम्पदा देखि सम्पदा सम्म  साइकल यात्रा’ कार्यक्रम सम्पन्न गरेको छ।

अन्तराष्ट्रिय शान्ति दिवसको अवसर पारेर काठमाडौं उपत्यकाभित्र रहेका सम्पदाहरु तारकेश्वरको गुजेश्वरी, बुढानीलकण्ठ मन्दिर, बौद्ध स्तुपा, पशुपतिनाथ, स्वयम्भू, पाटन दरबार र भक्तपुर दरबार क्षेत्रबाट शनिबार बिहान एकैसाथ विश्व शान्तिको कामना गर्दै ‘सम्पदा साइकल यात्रा’ निकालिएको थियो 

विश्वमा शान्तिको सन्देश दिने उद्देश्यले बुद्धको जन्मस्थल नेपालमा पनि सो साइकल यात्रा  ७ प्रदेसमा  आयोजना गरिएको स्काउटका राष्ट्रिय अध्यक्ष लोकबहादुर भण्डारीले  बताए ।

काठमाडौंको बसन्तपुरमा एक कार्यक्रममा बीच सो साइकल यात्राको समापन गर्दै अध्यक्ष भण्डारीले हरेक नेपालीको घर घरमा पुगेर सेवा दिने गरी यसको संयन्त्रको निर्माण गरिएको लोक बहादुर भण्डारीले  बताए।

नेपाल  स्काउट तारकेश्वका नगर सयोजक दामोदर बस्नेतले भने सम्पदा देखि सम्पदामा साईकल यात्रा हुदा तेस स्थानको प्रचार तथा प्रवदन हुनेछ तारकेश्वर बाट स्काउटले साईकल यात्रामा सहभागी हुने ५० जना साईकल यात्री सहभागी भए सिर्जना स्कुल बाट सुरु भई गुजेश्वरी हुदै स्वयम्भू हुदै बसन्तपुर साईकल यात्री पुगेको नगर सयोजक बस्नेतले तारकेश्वर अनलाइनलाई जानकारी दिए।